back

महालक्ष्मी विकास बैंकले कमायो साढे ९ करोड नाफा, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले साढे ९ करोड खुद नाफा कमाएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।तर, गत आवको पहिलो त्रैमासको तुलनामा भने बैंकको नाफा सामान्य (१.१४ प्रतिशत) घटेको छ । गत आवको सोही अवधिमा पनि बैंकले ९ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

तर, बैंकको खुद ब्याज आम्दानी भने ९.५१ प्रतिशत बढेर ४८ करोड ३२ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत आवको असोज मसान्तसम्ममा बैंकको यस्तो आम्दानी ४४ करोड १२ लाख २५ हजार रुपैयाँ मात्रै थियो ।

यता, बैंकको संचालन नाफा भने २.५५ प्रतिशत गिरावट देखिएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो नाफा १३ करोड ९२ लाख ६६ हजार रुपैयाँ रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा घटेर १३ करोड ५७ लाख १३ हजार रुपैयाँ कायम भएको छ । बैंकको खुद संचालन नाफा भने सामान्य बढेर ३९ करोड ८० लाख ६९ हजार रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने २१ करोड ४१ लाख ९० हजार रुपैयाँ रहेको छ ।हाल बैंकको खराब कर्जा ४.९० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ९.०४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६३.४८ रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ छ । बैंकले जेगडा कोषमा भने २ अर्ब ४३ करोड ३६ लाख २३ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा आइपुग्दा बैंकले ५२ अर्ब ५५ करोड ३७ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरि ४० अर्ब ९३ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...