back

२३ प्रतिशत बढ्यो मुक्तिनाथ विकास बैंकको नाफा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा २३ प्रतिशत वृद्धि भएको छ । तीन महिनामै बैंकले १८ करोड बढी खुद नाफा कमाएको हो ।

बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २३.१७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले २२ करोड ८८ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६.३७ प्रतिशत वृद्धि भई १ अर्ब ११ करोड ७ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यता, खुद संचालन नाफा पनि १७.७५ प्रतिशत वृद्धि भई ४० करोड ३२ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेकाले खुद नाफामा बढोत्तरी देखिएको हो । बैंकको खुद संचालन नाफा पनि ९.७८ प्रतिशत वृद्धि भई ९१ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।

यता, वितरणयोग्य नाफा पनि ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा भने यस्तो नाफा ४० करोड ४४ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ३.१६ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी पनि ३.०१ रुपैयाँ बढेर १६ रुपैयाँ पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने १५४.१ रुपैयाँ छ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने ३ अर्ब १८ करोड २९ लाख रुपैयाँ राखेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...