back

सिद्धार्थ बैंकको ‘सिद्धार्थ अक्सिजन लोन’: आधारदरमै कर्जा दिने, अन्य सेवा शुल्क पनि नलाग्ने

काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचालनमा ल्याएको छ ।

देशमा विद्यमान कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्गहोमहरुमा देखा परेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्गहोमहरुलाई लक्षित गरी अक्सिजन लोन ल्याएको हो ।

कर्जाका विशेष आर्कषणहरु 

  • कर्जा अवधिभर बैंकको आधारदरमा कर्जा प्रदान गरिने
  • सम्वन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्त्तानी अवधि तय गरिने
  • अन्य कुनैपनि सेवा शुल्क नलाग्ने
  • उच्च प्राथमिकताका साथ कर्जा processing गरिने

 

यसरी प्रदान गरिएको कर्जामा, नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिस्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरुप हुनेछ ।

सिमित अवधिका लागि ल्याईएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पु¥याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यस आ.व. मात्र कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत रु १ करोड ४ लाख प्रदेश तथा स्थानिय सरकारलाई प्रदान समेत गरिसकेको छ ।

२०७८ जेठ २ गते प्रकाशित ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२०

काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका...

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

वि.सं.२०८३ साउन ११ सोमवार १४:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

वि.सं.२०८३ साउन ११ सोमवार १३:०५

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...