back

सिद्धार्थ बैंकको ‘सिद्धार्थ अक्सिजन लोन’: आधारदरमै कर्जा दिने, अन्य सेवा शुल्क पनि नलाग्ने

काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचालनमा ल्याएको छ ।

देशमा विद्यमान कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्गहोमहरुमा देखा परेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्गहोमहरुलाई लक्षित गरी अक्सिजन लोन ल्याएको हो ।

कर्जाका विशेष आर्कषणहरु 

  • कर्जा अवधिभर बैंकको आधारदरमा कर्जा प्रदान गरिने
  • सम्वन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्त्तानी अवधि तय गरिने
  • अन्य कुनैपनि सेवा शुल्क नलाग्ने
  • उच्च प्राथमिकताका साथ कर्जा processing गरिने

 

यसरी प्रदान गरिएको कर्जामा, नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिस्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरुप हुनेछ ।

सिमित अवधिका लागि ल्याईएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पु¥याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यस आ.व. मात्र कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत रु १ करोड ४ लाख प्रदेश तथा स्थानिय सरकारलाई प्रदान समेत गरिसकेको छ ।

२०७८ जेठ २ गते प्रकाशित ।

 


नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:०७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।...

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:४७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...