back

काठमाडौं–तराई द्रुतमार्गको दुई प्याकेजको ठेक्का चाइना स्टेट र पोली च्याङुदालाई

काठमाडौँ । काठमाडौं–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजको सुरुङ निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो ।

नेपाली सेनाले पहिलो प्याकेज करीब २१ अर्ब ६१ करोड र दोस्रो २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक नियमावली २०६४ को परिधिभित्र रही जारी गरिएको आशयपत्रमा सात दिनसम्म कसैको उजूरी नपरे तथा १५ दिनभित्र सम्झौता गर्नुपर्ने प्रावधानानुसार बैँक ग्यारेन्टीसहित दुवै कम्पनी आएपछि ऐन र नियमावलीअनुरुप सम्झौता सम्पन्न भएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशक पौडेलले पूर्णरुपमा पारदर्शी ढंगले सार्वजनिक खरीद ऐनको दफा र प्रावधानमा टेकेर सम्झौता प्रक्रिया सम्पन्न गरिएको जानकारी दिए । सम्झौताबमोजिम निर्माण कम्पनीलाई ६ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ । आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी ९ क्लष्टरका ठेक्का अघि बढ्ने जानकारी दिइएको छ ।

हालसम्मको समग्र प्रगति ११ दशमलव ११ रहेको उक्त आयोजनाको चालू आर्थिक वर्षको अन्त्यसम्म १६.२१ पुर्याउने लक्ष्य रहेको पौडेलले जनाए । चार लेनको ७२.५ किमी लम्बाइको दु्रतमार्गमा पहाडमा २५ र तराईमा २७ मिटर चौडाइ रहनेछ, जसमा ८७ पुल रहनेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै...

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार १८:११

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वि.सं.२०८३ साउन १४ बिहीवार १७:५७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै...