कोभिड विरुद्धको चिनियाँ खोप काठमाडौँका ३२ वडामा ३२ केन्द्रमार्फत लगाईदै
![कर्पाेरेट बजार कर्पाेरेट बजार](https://www.corporatebazar.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
वि.सं.२०७८ जेठ २ आइतवार
![image image](https://www.corporatebazar.com/wp-content/uploads/2021/05/covid_vaccine_vero_cell.jpg)
काठमाडौँ । कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाउन सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोपका लागि ३२ वटै वडामा ३२ वटा खोप केन्द्र तोकेको छ ।
केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै महानगरले यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिने बताएको हो । चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन् ।
२०७८ जेठ २ गते प्रकाशित
![कर्पाेरेट बजार कर्पाेरेट बजार](https://www.corporatebazar.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
प्रकाशित समय : ०५:५० बजे