back
skip this gaugauma singhadarbar

वाणिज्य बैंकहरुले बेस रेट घटाए, कुनको कति ?

काठमाडौं । देशमा संचालित २० राष्ट्रिय वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) घटाएको छ । वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) असोज महिनामा पनि ०.२२ प्रतिशत बिन्दुले घटेको छ ।

हाल बैंकहरुको आधार दर ६ प्रतिशतमा झरेको छ । संचालित २० वटै बैंकहरुको आधार दर आर्थिक वर्षको सुरुवाती महिना साउन देखि नै घटीरहेको छ ।

आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ, आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । बैंकहरुको आधार दर अनुसार नै ऋणको ब्याज सस्तो र महँगो हुने संकेत गर्दछ । कम आधार दर भएका बैंकबाट ऋण लिँदा सस्तो ब्याज पर्न जान्छ । आधार दर घट्दा पुराना ऋणी र नयाँ ऋण लिने ग्राहकलाई कर्जाको ब्याजभार कम हुन्छ ।

असोजमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ६.०३ प्रतिशत कायम भएको छ। यता, राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ६.३७ प्रतिशत बिन्दुमा झरेको छ । यी दुई बैंकसहित १४ वटा बैंकको आधार दर ८ प्रतिशत तल छ ।

असोजका लागि नेपाल बैंकको ७.२८ प्रतिशत, नबिलको ७.२४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.४९ प्रतिशत, एभरेष्ट बैंकको आधार दर ७.०४ प्रतिशत, , ग्लोबल आइएमईको ७.४७ प्रतिशत कायम भएको छ ।

त्यसैगरी एनएमबिको ७.७२, सिद्धार्थको ७.७४ प्रतिशत, प्रभुको ७.७७, माछापुच्छ्रेको ७.८ प्रतिशत, नेपाल एसबिआईको ७.९१ प्रतिशत, लक्ष्मी सनराइजको ८.१७ प्रतिशत, सिटिजन्स बैंकको ८.२५ प्रतिशत, प्राइम कमर्सियलको ८.३५ प्रतिशत, हिमालयनको ८.३९, कुमारीको ८.४६ र एनआइसी एशिया बैंकको ९.०६ प्रतिशत, कृषि विकास बैंकको आधार पनि ७.६४ प्रतिशत, सानिमाको ७.६५ प्रतिशत रहेको रहेको छ ।


नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

वि.सं.२०८२ भदौ २५ बुधवार १३:१६

काठमाडौं ।  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै...

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

वि.सं.२०८२ भदौ २५ बुधवार १२:४६

काठमाडौं । जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका...

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३८

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३५

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१२

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै...

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

वि.सं.२०८२ भदौ १७ मंगलवार ११:४९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा...