back

निर्वाण चौधरीले भने- दुष्कर्मीहरूले हाम्रो भवन जलाउन सक्छन्, तर हाम्रा सपना जलाउन सक्दैनन्

हालैको घटनाले सीजी समूह (चौधरी ग्रुप)को इतिहासमै सबैभन्दा पीडादायी क्षण भएको प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् । फेसबुकमा भावुक सन्देश लेख्दै उनले केही दिनअघि सुरु जवाफदेही र सुधारको मागसहितको युवा आन्दोलनलाई बाह्य शक्ति र अराजक समूहले हिंसा र तोडफोडतर्फ मोडिदिएको उल्लेख गरेका छन् ।
उनले यस्ताे लेखेका छन्
“शान्तिपूर्ण रूपमा राम्रो नेपाल बनाउन गरिएको आह्वान हिंसा, लुटपाट र विनाशमा परिणत भयो । व्यक्तिगत रूपमा लक्षित गरियो, घरमा आगजनी भयो, कारखाना तथा कार्यालयमा क्षति पुर्याइयो र शो रुमहरू लुटिए । दशकौँको परिश्रम, त्याग र प्रतिबद्धता केही घण्टामै खरानीमा परिणत भएको पीडा हामीले भोग्यौँ । आगो र अराजकताबीच पनि हाम्रा नेतृत्ववर्ग, प्रबन्धक र कर्मचारीले आफ्नै सुरक्षाको पर्वाह नगरी सम्पत्तिहरू जोगाउन, ग्राहकलाई प्रतिबद्धता पूरा गर्न दिनरात खटिए । आगो सल्कँदा पनि हाम्रो टोली पराजित भएन ।
तपाईंहरू नै कारण हो, जसले गर्दा विनाशपछि पनि ग्राहकलाई निराश बनाइएन। तपाईंहरूकै कारण आशा बाँकी छ । हो, हामी घाइते छौँ । हो, हामी हल्लिएका छौँ, तर हामी भंग भएका छैनौँ । दुष्कर्मीहरूले हाम्रो भवन जलाउन सक्छन्, तर हाम्रा सपना जलाउन सक्दैनन् । उनीहरूले शो रुम लुट्न सक्छन्, तर हाम्रो मूल्य लुट्न सक्दैनन् । हाम्रो परिवारको एकतालाई कसैले भंग गर्न सक्दैन । हामी नेपालका सबैभन्दा ठूलो करदाता, एक प्रमुख रोजगारीदाता र राष्ट्र निर्माणमा समर्पित संस्था हौँ। भूकम्प, बाढी वा महामारीजस्ता संकटमा सधैं अग्रपंक्तिमा उभियौँ । यो जिम्मेवारी अहिले पनि त्यागिएको छैन ।
हामी पुनर्निर्माण गर्छौं, पुनः उठ्छौँ र अझ बलियो भएर अघि बढ्छौँ । यो विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली जनताप्रतिको अझ गहिरो प्रतिबद्धता जन्मिनेछ । इतिहासले हाम्रो विनाशलाई होइन, त्यसपछि हामी कसरी अझ गौरवपूर्ण र एकतामा उदायौँ भन्ने कुरा सम्झनेछ ।”
nactional life
Corporatebazar 11 Anniversary

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:०४

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:५०

काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका...