back
skip this gaugauma singhadarbar

छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल

काठमाडौं । ललितपुरको भैंसैपाटीमा नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौैडेल र अर्थमन्त्री विष्णु पौडेल छिमेकी हुन् । घर सँगै नजोडिएपनि आसपास नै छन् ।

मंगलबार जेनजी आन्दोलनकारीहरुले भैंसेपाटीको प्रहरी कार्यालयमा आगजनीपछि विष्णु पौडेलको घरतिर मोडिए । उनको घरमा तोडफोड र आगजनी गरे । मुख्य निशानामा रहेका पौडेलको घर क्षणभरमै दनदनी बलेको प्रत्यक्षदर्शीहरु बताउँछन् । उक्त घर जलिसक्दासम्म गर्भनर पौडेलको घर सुरक्षित थियो ।

उनको घर जोगाउन छिमेकीहरुले अधिकतम प्रयास गरे । जब आन्दोलनकारी घरमा छिरे पौडेलको फोटो भेटाए अनि तोडफोडमा उत्रिए । धमाधम सामान निकालेर आगो लगाउन थालेको स्थानीयले बताए ।

छिमेकीहरु भेला भएर ‘उहाँ सोझो र निष्ठावान हुनुहुन्छ । उहाँ भ्रष्ट होइन, छाडिदिनुहोस’ भन्दाभन्दै पनि आगो दन्काएको स्थानीय एक छिमेकीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने ।
उक्त घर दनदनी आगो बलिरहेको भिडियो सामाजिक संजालमार्फत पोष्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्,‘यो चाहिँ मेरो भैसेपाटीको घर जल्दै गरेको भिडियो हो । मैंले योजना आयोगको उपाध्यक्ष हुनु अघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर हो । श्रीमती र मेरी नौं वर्षकी छोरीलाई यो घर धेरै मनपर्ने भएकोले गभर्नर भएपछि पनि यहि बस्थ्यौ । गाडि पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो ।
भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, बिभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए। देविदेवताका मुर्ती, भियतनामि सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए।जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहि थियो। छोरीको अत्यन्त मनपर्ने कोठा पनि त्यहि थियो ।

अस्ति यो घर जल्नु दुइ घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मंैले बुझ्दा घरमा केहि भएको थिएन । पछि भने घर भित्र मानिस गए । बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए । छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए ।

राती मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथिहरुलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउछु र कतै डिनर खाने गर्दिन।त्यो दिन हामि सबै ‘शरणार्थी’ भयौँ । किताब र कपडाहरु धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो। राति पनि केहि व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरुले सुनाए ।

धेरै साथीहरुले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरुको बारेमा पढेँ। त्यसैले सबैलाई सुचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र।नयाँ सरकार बन्दै छ । कसैलाई मैले दुइ पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ । यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ ।’


जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३०, १ हजार ३३ जना घाइते

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३०, १ हजार ३३ जना घाइते

वि.सं.२०८२ भदौ २६ बिहीवार १३:११

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा...

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

वि.सं.२०८२ भदौ २५ बुधवार १२:५७

काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन...

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

वि.सं.२०८२ भदौ २४ मंगलवार १८:१६

काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा...

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

वि.सं.२०८२ भदौ २४ मंगलवार १४:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्...

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते...

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाे)

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाे)

वि.सं.२०८२ भदौ २३ सोमवार १५:५७

जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् । उनीहरू...