back
himalayan life

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

‘निक्षेप खोसिन थालेपछि कम ब्याज भएका बैंकहरुले बढाउनै पर्ने बाध्यता

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन् । कम ब्याज भएका बैंकहरुको निक्षेप बढी ब्याज भएका बैंकले लिएपछि भदौमा ब्याज बढाउने तयारी अधिकांश बैंकले गरेका हुन् ।

पछिल्लो सयम बैंकहरुले ब्याजदर निर्धारणमा भद्र सहमति तोडेपछि स्वतन्त्र रुपमा निर्धारण गर्दै आएका थिए । तर, साउनमा केही बैंकले ब्याज बढाएपछि निक्षेप खोसिएका बैंकहरुले भदौमा बढाउने तयारी गरिरहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले बताए ।उनका अनुसार साउनमा केही बैंकले घटाउँदा र केहीले यथावत राख्दा बढी ब्याज भएको बैंकले कम ब्याज भएको बैंकबाट पैसा तानेका थिए । निक्षेपकर्ताले कम ब्याज भएको बैंकबाट पैसा निकालेर बढी भएको बैंकमा जम्मा गरेका थिए । अब त्यो अभ्यास रोक्नका लागि कम ब्याज भएका बैंकले पनि भदौमा ब्याज बढाउने तयारी गरेको ती बैंकरको भनाइ छ ।

राष्ट्रिय वाणिज्य बैंककी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सरस्वती अधिकारी ब्याजदर घटाउँदा निक्षेप बाहिरीएको बताउँछिन् । साथै, संस्थागत निक्षेप नवीकरणमा सकस परेकाले भदौमा ब्याज बढाउने उनको भनाइ छ । उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकको ब्याज अन्य बैंकको भन्दा कम रहेकाले बढाउनै पर्ने बाध्यता छ ।

‘राष्ट्रिय वाणिज्य बैंकको ब्याज सबैभन्दा कम छ, अन्य बैंकको ब्याज बढी भएपपछि समस्या पर्यो, नवीकरण गर्दा झनै सकस परेको छ, हाम्रो बैंकमा ब्याज कम हुँदा निक्षेप निकालेर अन्य बैंकमा जान थाले, त्यसैले भदौमा राष्ट्र बैंकको निर्देशन भित्र रहेर ब्याज बढाउछौं,’ डीसीईओ अधिकारीले भनिन् ।केही बैंकको ब्याज उच्च रहेकाले त्यति धेरै नपुर्याउने उनको भनाइ छ । स्थानीय तहको १२ अर्ब ९० करोड रुपैयाँ निक्षेप सरकारले निकालेपछि ब्याजदर बढाउन दबाव परेको उनको धारणा छ । साथै, बैंकमा कर्पारेट निक्षेपको परिपक्वता अध्ययन गरेर कति ब्याज बढाउने भनेर निर्णय गर्ने उनको भनाइ छ ।

‘बैंकलाई तरलता अभाव छैन, कर्पोरेट निक्षेपमा १ प्रतिशतभन्दा बढी अन्तर भएपछि धेरै फरक पर्छ, कर्पोरेट निक्षेपको अध्ययन गरेर ब्याजदर कति बढाउने भनेर निर्णय गर्छौं,’ उनले भनिन्, ‘भद्र सहमति तोडेपछि ब्याजदर बढ्ने देखियो तर, अहिले स्थानीय तहको निक्षेप निकालिएको हुँदा यो समस्या देखिएको हो, दीर्घकालमा धेरै माथि जाँदैन किनभने बैंकहरुले ट्रेजरी बिलमा लगानी गरेर तरलता त्यता पठाएका थिए, अब त्यो विस्तारै परिपक्व भएर तरलता पनि सहज हुन्छ ।’

साउनमा ब्याज बढाएका बैंकहरुले निक्षेप लिएकोआरोप एक बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओले विकासन्युजलाई बताए । ब्याज घटाएका बैंकहरुलाई साउनमा ठूलो समस्या परेको उनको भनाइ छ ।

यसअघि नेपाल बैंकर्स संघले ब्याजदर निर्धारण गर्ने गरेको थियो । तर, साउनदेखि भद्रसहमति तोडेपछि केही बैंकहरुले ब्याज बढाएका थिए भने केही बैंकले घटाएका थिए ।

‘जुन बैंकले ब्याज बढाए अन्य बैंकमा भएको सबै पैसा बगेर बढी ब्याज भएको बैंकमा पुग्यो, ब्याजदरको भद्र सहमति तोड्दा घट्ने भन्दा बढ्ने सम्भावना देखियो, भदौमा बैंकको ब्याजदर बढ्छ,’ उनले भने, ‘निक्षेप खोसिन थालेपछि कम ब्याज भएका बैंकहरुले बढाउनै पर्ने बाध्यता छ ।’

कम ब्याज भएका बैंकका सीईओहरुले पुरानै भद्रसहमति अनुसार ब्याजदर निर्धारण हुनु पर्ने आवाज उठ्न थालेको ती सीईओ बताउँछन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...