back

मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने राष्ट्र बैंकको तयारी,यस्तो छ ब्याजदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत् ब्याजदर घटाउने नीति लिने भएको छ । विभागीय प्रमुखहरुमात्र होइन, गभर्नर र सञ्चालक समितिका अन्य अधिकारीहरु पनि यस सम्बन्धमा सकारात्मक देखिएका छन् ।

राष्ट्र बैंकले लिएको ब्याजदर सम्बन्धि नीति लगभग अहिले असफल भएको देखिएको छ । यही कारण खुला बजारले तय गर्ने दरलाई नीतिगत समायोजन नगरे केन्द्रिय बैंकको क्षमतामाथि नै प्रश्न उठ्ने देखिएपछि अधिकारीहरु ब्याजदर घटाउने निश्कर्षमा पुगेका हुन् ।

अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता विदेशी संस्थाहरुले अहिले पनि हतारिएर ब्याजदर घटाइहाल्न नहुने सुझाव दिइरहेका छन् । तर बजारमा ब्याजदर निकै तल ओर्लिइसकेको छ । राष्ट्र बैंकले अहिले पनि साढे ५ प्रतिशत ब्याज दिने गरी बैंकहरुसँग भएको निक्षेप किनिदिने भनेको छ । तर अन्तरबैंक ब्याजदर यसअघि नै ३ प्रतिशतमा झरिसकेको छ । गत साता नै राष्ट्र बैंकले बजारमा भएको तरलता खिच्न जारी गरेको रिभर्स रिपोमा २.७४ देखि ३.२४ प्रतिशतसम्म (औसतमा ३.०१ प्रतिशत) ब्याजदर बोलकबोल भएको थियो ।

यस घटनाले साढे ५ प्रतिशतभन्दा तल अल्पकालिन ब्याजदरलाई झर्न नदिने राष्ट्र बैंकको नीति ‘असफल’ भएको पुष्टि गर्छ । त्यसै कारण अहिले साढे ५ देखि साढे ७ प्रतिशतको ब्याजदर करिडोरको स्तरलाई तल नझार्ने हो भने ब्याजदरको नियमनमा राष्ट्र बैंक लामै समयका लागि असफल ठहरिने छ ।

अन्य देशमा केन्द्रिय बैंकले ब्याजदरलाई आफ्नो मार्गदर्शनमा हिँडाउँछन् । यही कारण ती देशमा मौद्रिक नीतिको कार्यान्वयन प्रभावकारी र परिणाममुखि हुन्छ । ‘तर नेपालमा अहिले बजार अघिअघि हिँडिरहेको छ, नियामक पछिपछि लछारिइरहेको छ’ राष्ट्र बैंककै एक उच्च अधिकारीले भने ।

दीर्घकालिन ब्याजदरमा पनि उस्तै गिरावट देखिएको छ । अघिल्लो साता राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र निष्काशन गर्दा ‘कट–अफ’ ब्याजदर ७ प्रतिशतभन्दा तल ओर्लिएको थियो ।
केही हप्ता अघिको सेयर बजारजस्तै ऋणपत्रको ब्याजदर पनि २२ महिनायताकै न्यून भएर ६.९३ प्रतिशतमा झरेको थियो । यसले मध्येकालिन र दीर्घकालिन ब्याजदरमा पनि घट्ने दबाब बढेको देखाउँछ ।

पछिल्लो समय राष्ट्र बैंकले चालू पूँजी कर्जामा कडाई गरेका कारण बैंकहरु त्यस्ता ऋणीलाई भटाभट महँगो ब्याज लाग्ने गरी आवधिक कर्जामा रुपान्तरण गराइरहेका छन् ।

महँगो ब्याज देखाएर असारभित्रै कर्जा अशुली बलियो बनाउन सम्पत्ती हडप्ने र धितो लिलाम गर्ने जस्ता काममा सक्रीय भएका छन् ।

अहिलेको अवस्थामा आर्थिक वर्षको अन्त्यसम्म वित्तीय स्वास्थ्य बलियो देखाउन बैंकहरु पुरानो कर्जाको अशुलीमै होमिएका छन् । तर हरेक नयाँ आर्थिक वर्षको सुरुआतपछि बैंकहरु कर्जा लगानी बढाउन लालायित हुन्छन् । त्यसो त, अहिले नै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ८३.९२ प्रतिशत छ । यसलाई उच्चतम सीमा ९० प्रतिशतसम्म पुर्याउन सकिने कानूनी व्यवस्था छ । त्यस्तो सीमा भेट्टाउने हो भने अहिले नै बैंकहरुले झण्डै ३ खर्ब ४० अर्ब रुपैयाँ थप कर्जा लगानी गर्नसक्ने अवस्था बनेको छ ।

यस्ता आँकडाहरुले अहिलेको ‘खराब हालत’ सल्टाइसकेपछि बैंकहरु साउन लागेदेखि नै नयाँ ऋणीको खोजिलाई तीव्र पार्ने देखिएको छ । यसले निक्षेप र कर्जा दुबै तर्फको ब्याजदर जबरजस्त घट्ने अनुमान बैंकरहरुको छ । बढ्दो तरलता र घट्दो ब्याजदरले आगामी आर्थिक वर्षदेखि आन्तरिक बजार पनि चलायमान बनाउने अपेक्षा नीतिनिर्माताको छ ।

धितोको मूल्यांकन र त्यसै धितोको सुरक्षणमा प्रप्त गर्ने कर्जाबीचको अनुपातलाई ‘लोन टु भ्याल्यू रेसियो’ भनिन्छ । सेयर बजार, घर, गाडी, जग्गाजस्ता वस्तु खरीदमा राष्ट्र बैंकले यस्ता अनुपातहरुमार्फत् कडाई गर्दै आएको छ । यसले ती क्षेत्रमा पहिलेभन्दा धेरै वढी कर्जा प्रवाह हुने परिपाटीलाई ठ्याप्पै रोकिदियो ।

अझै पनि घरजग्गा र सट्टेबाजीमा पुँजीको उपयोगितालाई नियन्त्रण गर्नुपर्ने आवस्यक भएको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार यस्ता अनुपातहरु बारम्बार परिवर्तन गर्ने हो भने वित्तीय बजारमा नीतिग अनिश्चय बढ्न थाल्छ ।

स्वार्थ समूहहरुले आफू अनुकुल नीतिगत बदलावका लागि लबिङ गर्न थाल्छन् । यसले अन्तत्वगत्वा सिंगो नियामक निकायलाई नै सीमित स्वार्थ समूहको स्वार्थ परिपूर्तिका निम्ति प्रयोग गर्ने ‘मतियार’ बनाइदिन्छ ।

यही जोखिमबाट बच्न र अर्थतन्त्रलाई प्राकृत बाटोमा हिँडाउन पनि एलटीभी रेसियोजस्ता अनुपातहरु बदल्न नहुने सुझाव विभागीय अधिकारीहरुले दिएका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य छ : अर्थमन्त्री वाग्ले

चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य छ : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:०३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता...

विकासमा सुस्त कर्णाली : चैत मसान्तसम्ममा २४ प्रतिशत मात्रै बजेट खर्च

विकासमा सुस्त कर्णाली : चैत मसान्तसम्ममा २४ प्रतिशत मात्रै बजेट खर्च

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:५१

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा...

इमानसँग अर्थमन्त्री: सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

इमानसँग अर्थमन्त्री: सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:४१

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख २ बुधवार १७:३०

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’...

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १६:३२

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई...