back
himalayan life

अन्तर बैंक ब्याजदर साढे ३ प्रतिशतमा झर्यो, सीडी रेसियो पनि ८३.९६ प्रतिशत

निक्षेप बढेपछि कर्जा लगानी ठप्पै

काठमाडौं । पछिलो केही दिन अन्तर बैंक कारोबारको ब्याजदर लगातार घटीरहेको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि ह्वात्तै घटेको हो ।

हाल अन्तर बैंक ब्याजदर प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले यस्तो ब्याजदर घटेर ३.६४ प्रतिशतमा झरेको छ । यसअघि अन्तर बैंक ब्याजदर ४ प्रतिशत थियो ।

एकै दिनमा त्यो ०.३६ प्रतिशत बिन्दुले घटेको हो । विशेषगरि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घटेको हो । बैंकहरुमा तरलता अभाव हुदाँ निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यसबेला बैंकहरुले एक अर्कामा सापटी लिने पैसाको व्याजदर अर्थात् अन्तर बैंक ब्याजदर पनि बढेको थियो । गत फागनुमा यस्तो ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो ।

चैत र बैशाखमा भने त्यो ७ प्रतिशत हारहारी थियो । तर, जेठको दोस्रो साताबाट अन्तर बैंक ब्याजदर घट्न थालेको थियो । हालसम्म आउँदो त्यो साढे ४ प्रतिशतको हाराहारीमा आएको राष्ट्र बैंकको भनाइ छ ।

यद्यपि, यसअघि गत माघमा पनि अन्तर बैंक ब्याजदर ४ प्रतिशतसम्म झरेको थियो । त्यसपछि भने बढेको थियो । तर, पछिल्ला दिनहरुमा निरन्तर घटी रहेको छ । अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने अझै बढेको छैन ।

त्यसले गर्दा बैंकहरुमा पैसा थुप्रीदै गएको छ । यसरी तरलता बढेपछि अन्तर बैंक कारोबार पनि छैन । त्यसले गर्दा यस्तो ब्याजदर घटेको हो ।

हाल बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । पछिल्लो एकदिनमै बैंक तथा वित्तीयको निक्षेप ४ अर्ब रुपैयाँले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म आईपुग्दा बैंकिङ्ग प्रणालीमा ५५ अर्ब ६७ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो ।

गत बुधवारसम्म आईपुग्दा वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ४ अर्बले बढर ४९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । तर, त्यसको अघिल्लो दिन भने बैंकहरुको निक्षेप ४९ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो ।

निक्षेप बढेपछि कर्जा लगानी भने ठप्प नै छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ५६ अर्ब रुपैयाँ छ । पछिल्लो समय कर्जा लगानी हुन सकिरहेको छैन । बुधवारसम्मको तथ्याङ्क अनुसार त वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ । गत मंगलबारसम्म ४२ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । तर, बुधवारसम्म आईपुग्दा ४२ खर्ब ९९ अर्ब मात्रै कर्जा लगानी भएको देखिएको छ ।

सीडी रेसियो ८३.९६प्रतिशत
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि क्रमिक रुपमा सुधार हुँदै आएको छ । अहिले यस्तो अनुपात ८३.९६ प्रतिशत छ ।

एक दिनमै सीडी रेसियो शून्य दशमलव ६ प्रतिशतले घटेको छ । योसंगै हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८३.९६ प्रतिशत कायम भएको छ । गत मंगलबारसम्म भने सीडी रेसियो ८४.०२ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...