back
nactional

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्ले युवालाई उद्यमशीलता विकास तालिम दिने

काठमाडौं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच बिहीबार काठमाडौंमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले सातै प्रदेशका सात वटा विभिन्न पालिकाका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी सात दिने तालिम कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्झौताले युवाहरुमा उद्यमशीलता, रोजगारी तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंक, युवा परिषद् र पालिकाको त्रिपक्षिय सहकार्यबाट यो कार्यक्रम सञ्चालन हुने हुँदा कर्जाको सदुपयोगिता बढ्न गई उत्पादन तथा स्वरोजगारी सृजनामा सघाउ पुग्ने बताएका छन् ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सहुलियतपूर्ण कर्जा प्रवाहकोे बारेमा प्रकाश पार्दै परिषद् र बैंक बीच लामो समयदेखि उद्यमशीलता विकासको लागि सहकार्य हुँदै आएको बताएका छन् ।

उक्त कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख रमाकान्त शर्मा, उपसचिव दिनेश घिमिरे, बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल विभागीय प्रमुखहरु आनन्द सुवेदी, ऋषभ भट्टराई, अच्युत गौतम र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

वि.सं.२०८३ भदौ ३ बुधवार १६:१५

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा निर्माण गरिएको आफ्नै...

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको...

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०६

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

वि.सं.२०८३ भदौ २ मंगलवार १८:३१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा...