back
himalayan life

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसारका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३ प्रतिशतसम्म छुट पाउनेछन्।

जस अन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओ.पि.डि, वेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशत देखि बढिमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाण्डौबाट सेवा प्रदान गर्दै आई रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ ।

यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...