१५ वाणिज्य बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?(सूचीसहित)
वि.सं.२०७९ मंसिर २५ आइतवार
काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये १५ वटाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् ।
कम्पनीले नगद र सेयर गरी दुई किसिमका लाभांश लगानीकर्तालाई दिने गर्छन् । यसपटक धेरै कम्पनीले नगद लाभांशलाई प्राथमिकता दिएका छन् ।
लाभांश घोषणा गरेकामध्ये १० बैंकहरु एभरेस्ट, ग्लोबल आईएमई, स्टान्डर्ड चार्टर्ड, मेगा, इन्भेस्टेन्ट, कुमारी, बीओके, सिटिजन्स, एनसीसी र सानिमाको बुक क्लोज भइसकेको छ ।
यसको अर्थ बुक क्लोज भएका यी बैंकको सेयर अब खरिद गर्नेले यो वर्ष लाभांश पाउने छैनन् ।
प्रभु बैंकले आगामी मंगलबारका लागि बुक क्लोजको मिति तय गरेको छ भने सेन्चुरीले आगामी शुक्रबार बुक क्लोजको मिति तय गरेको छ । बाँकी ३ बैंक सिद्धार्थ, एनएमबी र एसबीआईले बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।
११ वाणिज्य बैंकले भने लाभांश घोषणा गर्न बाँकी छ ।
लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा नबिल, प्राइम, माछापुच्छ्रे, एनआईसी एसिया, कृषि विकास, राष्ट्रिय वाणिज्य, नेपाल, हिमालयन, लक्ष्मी, सनराइज र सिभिल बैंक छन् ।
कुनको कति ?
| बैंक | नगद | सेयर लाभांश | कुल |
| एभरेस्ट | ७.६८ | १३ | २०.६८ |
| स्टान्डर्ड चार्टड | १६.५१ | ० | १६.५१ |
| एनसीसी | ७.६३ | ३.३६ | ११ |
| ग्लोबल आईएमई | १०.६ | ३ | १३.६ |
| सानिमा | ०.९८ | १० | १०.९८ |
| बीओके | १४.९५ | ६ | २०.९५ |
| सिटिजन्स | ९ | ० | ९ |
| कुमारी | १२.५ | ० | १२.५ |
| सिद्धार्थ | ०.६६ | १२.५ | १३.१६ |
| एनएमबी | ८.२५ | ० | ८.२५ |
| सेन्चुरी | ०.२५ | ४.७५ | ५ |
| नेपाल एसबीआई | ७.५३ | ३ | १०.५३ |
| प्रभु | १.५ | ६.५ | ८ |
| मेगा | ३.७९ | ४ | ७.७९ |
| इन्भेस्टमेन्ट | ७ | ४ | ११ |
प्रकाशित समय : ११:०२ बजे






















