back

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन प्रतिनिधि सभा सांसद , अर्थतन्त्रका संवाहक बने : को हुन् भट्टचन ?

अर्थतन्त्रका संवाहक भट्टचन

काठमाडौं । एमालेले उद्योगी व्यवसायी देवीप्रकाश भट्टचनलाई समानुपातिक सांसद बनाएको छ । ललितपुरमा बसेको एमालेको सचिवालय बैठकले भट्टचनलाई सांसद बनाएको हो ।

भट्टचन आदिवासी जनजातीबाट पहिलो नम्बरमा समानुपातिकमा परेका छन् ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचन यसअघि नेपाली कांग्रेसमा थिए । निर्वाचनभन्दा अगाडि एमालेमा प्रवेश गरेका भट्टचनलाई एमालेले समानुपातिक सांसद बनाएको हो ।

बाग्लुङ जिल्ला स्थायी घर भएका भट्टचन ललितपुर जिल्लाबाट सिफारिस भएका थिए ।

यसअघि भट्टचन नेपाली कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस भएका थिए ।

उनलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं २ को लागि क्षेत्रीय कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको थियो । तर उक्त क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल उम्मेदवारी बनेका थिए ।

यो पटक पनि पार्टीले प्राथमिकता सूचीमा राख्न नखोजेपछि एमालेसँग भट्टचन नजिकिएका थिए ।

भट्टचन अघिल्लै संघीय चुनावमा समानुपातिकबाट सांसद बन्न चाहेका थिए । त्यो बेलामा समेत उनलाई प्राथमिकता सूचीमा राखिएन । त्यसपछि यो पटकको प्रतिनिधिसभाको निर्वाचनमा बागलुङबाट प्रत्यक्षबाट चुनावमा उठ्ने तयारी समेत थालेका थिए ।

कांग्रेसमा ३० वर्षे यात्रा

लामो समय नेपाली कांग्रेस पार्टीसँग आवद्ध भट्टचनको पारिवारिक पृष्ठभूमि नै कांग्रेस हो । कांग्रेसबाटै सशक्त ढंगले राजनीतिमा लाग्ने उनले विगतमा बताउँदै आएका थिए । उनी २०४८ सालदेखि नै कांग्रेसको सदस्य थिए । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिन्थे ।

सोही कारण उनलाई अघिल्लो कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संगठन विभाग उपप्रमुख समेत बनाएका थिए । गोपालमान श्रेष्ठ विभाग प्रमुख हुँदा भट्टचन उपप्रमुख बनेका थिए ।

भट्टचन २०७४ सालको निर्वाचनमा पनि समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए । २०७७ सालमा उनले नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका थिए । उनी २०४३ सालमा नेपाल युवक संगठनको धौलागिरी अञ्चलको निर्विरोध उपाध्यक्ष हुनुभएको थियो । २०४८ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठेका उनी झिनो मतले पराजित भए । बाग्लुङ क्षेत्र नम्बर ३ बाट दोस्रो भएका उनी त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा पुनः सक्रिय भए । २०४९ सालमा नेपाली काग्रेसकाबाट निर्विरोध जिल्ला विकास समिति सदस्य नियुक्त भएका थिए ।

२०७७ सालमा नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका उनी यसपटक प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस भए तर अन्तिममा टिकट पाएनन् ।

प्रत्यक्षतर्फ गठबन्धन गर्दा माओवादीको कोटामा परेका उनलाई समानुपातिकको बाटो सहज देखिन्थ्यो ।

साथै उनी थकाली समुदायबाट अल्पसंख्यक पनि भएकाले कांग्रेसबाट सांसद हुने प्रवल सम्भावना थियो । तर कांग्रेसले टिकट नदिएपछि उनी नेकपा (एमाले) को समानुपातिक सूचीमा परेका थिए ।

व्यवसायिक पृष्ठभूमि भएका भट्टचन राजनीतिमा जाने तीव्र इच्छासहित बागलुङ क्षेत्रमा सामाजिक काममा समेत क्रियाशील थिए । उनी बागलुङ क्षेत्रमा लोकप्रिय समेत छन् । यो सबै पृष्ठभूमिका बाबजुद बागलुङमा प्रत्यक्ष चुनाव लड्ने चाहना समेत गठबन्धनका कारण सम्भव भएन ।

अर्थतन्त्रका संवाहक भट्टचन

सफल व्यवसायीका रुपमा रहेका भट्टचन अर्थतन्त्रका संवाहकका रुपमा लिन सकिन्छ । झण्डै आधा दर्जन बढी क्षेत्रमा लगानी गरेका भट्टचनले आर्थिक क्षेत्र राम्रोसँग बुझेका छन् ।

यसरी अर्थतन्त्र बुझेको व्यक्ति राजनीतिमा आउँदा आगामी दिनमा देशको अर्थतन्त्र थप सवल हुने देखिएको छ ।

khanepani

प्रभु बैंकको सीईओमा पुनःअशोक शेरचन नियुक्त

प्रभु बैंकको सीईओमा पुनःअशोक शेरचन नियुक्त

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:२५

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन...

बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान दोहोर्य, महासचिवमा भण्डारी

बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान दोहोर्य, महासचिवमा भण्डारी

वि.सं.२०७९ पुस २५ सोमवार १०:१३

काठमाडौं । बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा पुनः पवन...

स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सापकोटा, महासचिवमा फणिद्र ढकाल चयन

स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सापकोटा, महासचिवमा फणिद्र ढकाल चयन

वि.सं.२०७९ पुस २५ सोमवार १०:०६

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा धर्मराज सापकोटा...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सिइओमा प्रकाश बिक्रम खत्री नियुक्त

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सिइओमा प्रकाश बिक्रम खत्री नियुक्त

वि.सं.२०७९ पुस ११ सोमवार १७:१८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश...

कृषि विकास बैंकको निमित्त सीईओमा प्रताव सुवेदी

कृषि विकास बैंकको निमित्त सीईओमा प्रताव सुवेदी

वि.सं.२०७९ पुस ११ सोमवार १४:३१

काठमाडौं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

डा. उपेन्द्र महतो बने माछापुच्छे बैंकको अध्यक्ष

डा. उपेन्द्र महतो बने माछापुच्छे बैंकको अध्यक्ष

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:३५

काठमाडौं । माछापुच्छे बैंकले अध्यक्षमा डा. उपेन्द्र महतोलाई नियुक्त गरेको...