back
himalayan life

एक महिनामा वाणिज्य बैंकहरुको नाफा पौने ९ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले पौने ९ अर्ब रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकलाई बैंकहरुले गरेको रिपोर्टिङ अनुसार साउन महिनामा २६ वटा वाणिज्य बैंकहरुले ८ अर्ब ७२ करोड १७ लाख १६ हजार रुपैयाँ नाफा गरेका हुन् ।

सबैभन्दा धेरै नाफा गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले एक महिना अवधिमा ७५ करोड २१ लख रुपैयाँ नाफा कमाएको छ।

ग्लोबल आइएमई बैंकले ६७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नबिल बैंकले ४९ करोड ७२ लाख, एनआईसी एशिया बैंकले ४७ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड १ लाख, प्राइम बैंकले ३९ करोड ५४ लाख, प्रभु बैंक ३७ करोड ६१ लख, सिद्धार्थ बैंकले ३७ करोड ५७ लाख, एनएमबि बैंकले ३६ करोड ७ लाख, एभरेष्ट बैंक ३५ करोड ९५ लाख, नेपाल बैंक ३५ करोड ७५ लाख र हिमालयन बैंकले ३१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 

कुमारी बैंकले २९ करोड २७ लाख, सानिमा बैंकले २८ करोड ६० लाख, स्ट्याण्डर्ड चार्टड बैंकले २७ करोड ९० लाख, मेगा बैंकले २७ करोड ८६ लाख, एनसीसी बैंकले २६ करोड ९२ लाख, कृषि विकास बैंकले २६ करोड ८२ लाख, माछापुच्छ्रे बैंकले २५ करोड ४२ लाख रुपैयाँ नाफा, सिटिजन्स बैंक बैंकले २४ करोड ९४ लाख, सनराइज बैंकले २४ करोड ३५ लाख, लक्ष्मी बैंकले २३ करोड ४७ लाख, नेपाल एसबिआई बैंकले १९ करोड ५१ लाख, सिभिल बैंकले १७ करोड ७७ लाख र सेञ्चुरी बैंकले १७ करोड ३६ लाख रुपैयाँ र बैंक अफ काठमाण्डू १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...