back

कोरोना बीमामा सरकारको राजनीति, चुनावको मुखैमा निकासा गर्यो १ अर्ब

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्न एक अर्ब रूपैयाँ निकासा गर्ने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको हो ।

कोरोना बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी रोकेको वर्षदिन नाघेको छ । कम्पनीहरूले गत साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए ।

 

बीमा समितिको तथ्यांक तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेका छन् । बराबर बीमालेख जारी गरी कम्पनीहरूले १ अर्ब ५ करोड २७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

१ लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको समितिको तथ्यांक छ । सो संख्या बराबर बीमा कम्पनीमा करीब १६ अर्ब रूपैयाँको दाबी परेको छ । १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको हो ।

कुल दाबीमध्ये हालसम्म ५१ हजार ६६९ वटा बीमा दावीवापत कम्पनीहरूले ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार रूपैयाँ बराबरको भुक्तानी गरेका छन् ।

कोरोना बीमावापत अझै १० अर्ब ८४ करोड ६ लाख ८३ हजार रूपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ । १ लाख १३ हजार ३९० वटा दाबी वापत सो रकम भुुक्तानी गर्न बाँकी रहेको हो ।


नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्धारा सम्मानित

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्धारा सम्मानित

वि.सं.२०७९ असोज ७ शुक्रवार १०:४९

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा...

राष्ट्रिय वाणिज्य बैंकले परिमार्जन गर्यो नयाँ ब्याजदर

राष्ट्रिय वाणिज्य बैंकले परिमार्जन गर्यो नयाँ ब्याजदर

वि.सं.२०७९ असोज ७ शुक्रवार १०:३७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले फेरि ब्याजदर प्रकाशित गरेको छ...

भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्ब बढ्यो

भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्ब बढ्यो

वि.सं.२०७९ असोज ४ मंगलवार २२:५५

काठमाडौं । भदौं महिना भरी नै वाणिज्य बैंकको निक्षेपमा सुधार...

बीमा समितिद्धारा बाख्रा बीमालेख संशोधन : के के छन् नयाँ ब्यवस्था ?

बीमा समितिद्धारा बाख्रा बीमालेख संशोधन : के के छन् नयाँ ब्यवस्था ?

वि.सं.२०७९ असोज ४ मंगलवार २२:४९

काठमाडौं । बीमा समितिले बाख्रा बीमालेखमा बाख्रा बीमालेख खरीद गर्ने...

एनएमबि बैंकको भिजा डाईरेक्ट सेवा, विदेशबाट सोझै रेमिट्यान्स पठाउन सकिने

एनएमबि बैंकको भिजा डाईरेक्ट सेवा, विदेशबाट सोझै रेमिट्यान्स पठाउन सकिने

वि.सं.२०७९ असोज ३ सोमवार २३:२०

काठमाडौं । एनएमबिबैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा...

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

वि.सं.२०७९ असोज ३ सोमवार २२:५९

काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ...