back
himalayan life

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ २८ गते) अन्तिम मौका रहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि गत भदौ ७ गतेबाट आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि निष्कासन गरेको हो ।

 

बिक्री प्रबन्धकले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंक भोजपुर शाखाका तथा प्रभु बैंक हतुवागढीबाट पनि आवेदन दिन सकिन व्यवस्था गरेको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदकले भदौ २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज ५ गतेसम्म समय थप गरिने बताइएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आईपीओमा विक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्थाहरू तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँदछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

वि.सं.२०८३ असार १६ मंगलवार १५:४८

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...