back
himalayan life

राष्ट्र बैंकले छैठौ पटक पनि आफैले किन्यो डेढ अर्ब बढीको ट्रेजरी विल्स

काठमाडौं । राष्ट्र बैंकले ९ प्रतिशत हाराहारी बोलकबोल गर्ने बैंकलाई मात्रै ट्रेजरी विल्स बिक्री गरेको छ। महँगो ब्याज पेश गर्ने बैंकहरुलाई भने विल्स बिक्री नगरी आफैँले खरिद गरेको छ।

राष्ट्र बैंकले सोमबार ९१ र ३६४ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी विल्स बिक्री गरेको थियो जसमा ३६४ दिन अवधिको १ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी विल्स आफैले खरिद गरेको छ।

केन्द्रिय बैंकले ३६४ दिन अवधिको ट्रेजरी विल्समा अधिकतम ९.०८ प्रतिशत ब्याजदर पेश गर्ने बैंकलाई मात्र विल्स बिक्री गरेको छ।

राष्ट्र बैंकले बिक्री गरेको ९१ दिन अवधिको ट्रेजरी विल्समा औसत ब्याजदर ९.०५ प्रतिशत कायम भएको छ भने ३६४ दिन अवधिको ट्रेजरी विल्समा ९.०३ प्रतिशत दर कायम भएको छ।

यसअघि पनि केन्द्रीय बैंकले ५ पटकसम्म ट्रेजरी विल्स आफैले खरिद गरेको थियो। बैंकहरुले अत्याधिक धेरै दर पेश गरेको भन्दै केन्द्रीय बैंकले ट्रेजरी विल्स आफैले खरिद गरेको हो।

विगतमा पनि बैंकहरुले केन्द्रिय बैंकसँग लिने सापटीको दरभन्दा धेरै दर पेश गरेमा ट्रेजरी विल्स आफैले खरिद गर्ने गरेको थियो।

चालु आर्थिक वर्षको सुरुवातमा ट्रेजरी विल्सको दर १४ प्रतिशतसम्म पुगेको थियो। केन्द्रिय बैंकको लगातारको हस्तक्षपले अहिले ट्रेजरी विल्सको दर ९ प्रतिशतको हाराहारी कायम भएको छ।

यसभन्दा अघि भदौ ७ गते निष्कासन वगरेको ३६४ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ९.०२४५ प्रतिशत रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

६९ अर्बको आईपीओ ब्याकलग: नवनियुक्त सेबोन अध्यक्ष डा. गोपाल भट्टसामु साख जोगाउने अग्निपरीक्षा

६९ अर्बको आईपीओ ब्याकलग: नवनियुक्त सेबोन अध्यक्ष डा. गोपाल भट्टसामु साख जोगाउने अग्निपरीक्षा

वि.सं.२०८३ असार ८ सोमवार ११:३१

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्व सम्हालेका...