back

भदौमा पनि निक्षेपको ब्याज नबढाउने बैंकहरूको सहमति,यस्तो छ ब्याजदर

काठमाडौं । भदौमा पनि वाणिज्य बैंकहरूले निक्षेपको ब्याज नबढाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि समीक्षाका लागि बसेको बैंकर्स संघको बैठकमा यस्तो सहमति भएको हो ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दरहरु (बैंक रेट, पोलिसी रेट, सीआरआर,एसएलआर आदि) बढाएकाले भदौदेखि निक्षेपको ब्याजदर बढ्ने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने अपेक्षा गरिरहेका बेला बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका हुन् ।

बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार साउन महिनामा निक्षेप करिब १ खर्बले घटेको यसकारण ब्याज खर्च (लागत) नबढाउने सहमति भएको हो ।भदौदेखि नै संस्थागत निक्षेपको ब्याजदर भने राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको भन्दा २ प्रतिशत विन्दुले कम हुने उनले बताए ।

आउँदो भदौमा पनि वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् ।

तर, एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत रहनेछ ।

यो वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा २ प्रतिशत विन्दुले कम ब्याज दिन निर्देशन दिएको छ । यसअघि यस्तो अन्तर एक प्रतिशत विन्दु थियो ।

nactional life
Corporatebazar 11 Anniversary

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...