back

भदौमा पनि निक्षेपको ब्याज नबढाउने बैंकहरूको सहमति,यस्तो छ ब्याजदर

काठमाडौं । भदौमा पनि वाणिज्य बैंकहरूले निक्षेपको ब्याज नबढाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि समीक्षाका लागि बसेको बैंकर्स संघको बैठकमा यस्तो सहमति भएको हो ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दरहरु (बैंक रेट, पोलिसी रेट, सीआरआर,एसएलआर आदि) बढाएकाले भदौदेखि निक्षेपको ब्याजदर बढ्ने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने अपेक्षा गरिरहेका बेला बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका हुन् ।

बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार साउन महिनामा निक्षेप करिब १ खर्बले घटेको यसकारण ब्याज खर्च (लागत) नबढाउने सहमति भएको हो ।भदौदेखि नै संस्थागत निक्षेपको ब्याजदर भने राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको भन्दा २ प्रतिशत विन्दुले कम हुने उनले बताए ।

आउँदो भदौमा पनि वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् ।

तर, एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत रहनेछ ।

यो वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा २ प्रतिशत विन्दुले कम ब्याज दिन निर्देशन दिएको छ । यसअघि यस्तो अन्तर एक प्रतिशत विन्दु थियो ।


नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न भएको...

नेपाल राष्ट्र बैंक ६९ औँ वर्षमा प्रवेश : अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंक ६९ औँ वर्षमा प्रवेश : अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:३४

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको...

३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक , यस्तो छ प्रोसेस

३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक , यस्तो छ प्रोसेस

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट...

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

वि.सं.२०८१ वैशाख ११ मंगलवार १८:०८

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:४८

काठमाडौं । बंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले...

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमायो

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमायो

वि.सं.२०८१ वैशाख ८ शनिवार ०९:३२

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई...