back

विश्व बैंकद्वारा डिजिटल नेपाल परियोजनाका लागि १७ अर्ब रुपैयाँ स्वीकृत

nactional life

काठमाडौं । विश्व बैंकले नेपाललाई ‘डिजिटल नेपाल एक्सेलेरेसन (डीएनए) परियोजनाका लागि १४० मिलियन अर्थात् १७ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग दिने भएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच विश्व बैंकका कार्यकारी निर्देशकले उक्त परियोजनाका लागि आर्थिक सहयोग स्वीकृत गरेका हुन् ।

डीएनए परियोजनाले ब्रोडब्यान्डमा पहुँच विस्तार गर्नुका साथै वित्तीय पहुँचमा धेरैभन्दा धेरै जनसंख्यालाई जोड्न सकिने बताइएको छ । ‘डिजिटल रुपान्तरणलाई अँगाल्ने देशहरूले हरियो, लचिलो र समावेशी विकासमा उन्नती गर्नेछन्’ नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले भनेका छन् ।

डिजिटल अर्थतन्त्रले मानिसहरू र व्यवसायहरूलाई सूचना, सेवा र बजारसँग जोड्न मद्दत पुग्ने विश्व बैंकको विश्वास छ । यो परियोजनाले देशको डिजिटल अर्थतन्त्र डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा समेत सहयोग पुग्ने बैंकले बताएको छ ।

किफायती ब्रोडब्यान्ड सेवाहरूमार्फत विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरू, व्यवसायमा जोडिएकाहरू र सुधार मार्फत डिजिटल सरकारी सेवाहरुको वितरणलाई समेत समर्थन र सुरक्षित गर्ने बताइएको छ ।

परियोजनाले नेपालको डाटा पूर्वाधार, साइबर सुरक्षाका साथै डिजिटल प्रविधिमा विशेष भूमिका खेल्नुका साथै यसबाट महिला, आदिवासी नजाती र सामाजिक अल्पसंख्याहरूको पहुँच विस्तार गरिने बताइएको छ भने परियोजनाले कम्तिमा एक हजार ५०० व्यक्तिका लागि डिजिटल प्रयोगका बारेमा राम्रो तालिम प्रदान गर्ने जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...