राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली नियुक्ति
वि.सं.२०७९ असार ३ शुक्रवार
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली मनोनयन हुनुभएको छ ।जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा ज्ञवालीलाई मनोनयन गरेको जनाउनुभएको छ ।
प्रकाशित समय : ११:५१ बजे






















