back

सगरमाथा इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्नः शेयरधनी मालामाल, बुक क्लोज कहिले ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा आज (बैशाख २८ गते) लैनचौर बैङ्क्वेट लैनचौर काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले कम्पनीको हाल कायम गरेको चुक्तापूँजीको १.०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजन र २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै आर्थिक वर्ष २०७७।०७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनूसूची पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा संचालक समितिबाट शोभा श्रेष्ठलाई नियुक्त गरिएकोमा सोको अनुमोदन गर्ने कार्य सूची समेत सभामा पारित गरेको हो ।

प्रबन्धकको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी ५ अर्ब कायम गर्ने र दफा ५ को उपदफा २ पछि उपदफा २.१ थप गरी सो उपदफामा चुक्तापूँजीको ब्यवस्था गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै निर्जिवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिईएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता प्रदान गर्ने सभा सभाको कार्य सूचि समेत पारित गरेको जनाएको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले बैशाख १६ गते देखि बैशाख २८ गतेसम्म बुक क्लोज गरेको हुदाँ बैशाख २२ गते कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरको छन् ।


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:५१

काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को लाभांश सुरक्षित गर्ने...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:१६

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:०८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद...