back

प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १ अर्ब ४५ करोड, हेर्नुहोस् प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा गिरावट आएको देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा २६.४८ प्रतिशतले घटेर १० करोड १३ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीकाने खुद बीमा शुल्क ३३.९२ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ७७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४१७.८९ प्रतिशतले बढेर २७ करोड ६६ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आथिक वर्षका भने खुद दाबी भुक्तानी ५ करोड ३४ लाख १९ हजा रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष २४.४१ प्रतिशतले बढेर ४५ करोड ५४ लाख ३९ हजार रुपैयाँ, जीवन बीमा कोष ५३.७५ प्रतिशतले बढेर २ अर्ब ७१ करोड ५० लाख ३६ हजार रुपैयाँ, महाविपत्ती कोष ३८.८२ प्रतिशतले बढेर ३ करोड ५७ लाख ७६ हजार रुपैयाँ, बीमालेख धितोमा कर्जा ८.८५ प्रतिशतले बढेर ४० करोड ६२ लाख ३ हजार रुपैयाँ, अभिकर्ता कमिशन ३९ प्रतिशतले बढेर २३ करोड ८० लाख ५८ हजार रुपैयाँ रहेको छ ।

यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५६ पैसा रहेको छ ।

 


तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:२८

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

वि.सं.२०८२ वैशाख १० बुधवार १५:११

काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो...

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

वि.सं.२०८२ वैशाख ९ मंगलवार १७:३८

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक...

कर्जाको ब्याज साढे २६ प्रतिशतले घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ  ?

कर्जाको ब्याज साढे २६ प्रतिशतले घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ  ?

वि.सं.२०८२ वैशाख ९ मंगलवार १२:२९

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याज साढे २६...

आईएमई लाइफको प्रडक्ट एम्बासडरमा सुशिला रोका

आईएमई लाइफको प्रडक्ट एम्बासडरमा सुशिला रोका

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:२८

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरल सावधिक जीवन...