माछापुच्छ्रे बैंकको नाफा २०.२४ प्रतिशत बढ्यो,ईपीएस २०.१७ रुपैयाँ पुग्यो

वि.सं.२०७९ वैशाख ७ बुधवार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २०.२४ प्रतिशत बढेर १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १३.९० प्रतिशत बढेर ३ अर्ब ६० करोड २८ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ ।
गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब १८ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको सञ्चालन मुनाफा १४.३२ प्रतिशत बढेर २ अर्ब २२ करोड ३२ लाख ६९ हजार रुपैयाँ र वितणयोग्य नाफा ८२ करोड ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष २४.२९ प्रतिशत बढेर ३ अर्ब २० करोड ९८ लाख २९ हजार रुपैयाँ, निक्षेप १२.४२ प्रतिशत बढेर १ खर्ब ४१ अर्ब ८ करोड ८ लाख २१ हजार रुपैयाँ र कर्जा १६.५२ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब १७ करोड २७ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३९ पैसा बढेर २० रुपैयाँ १७ पैसा पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १३९ रुपैयाँ ७० पैसा रहेको छ ।

प्रकाशित समय : १०:५३ बजे