आईपीओ जारी गरेको बर्ष नै सानिमा लाइफको लाभांश घोषणा, नगद र बोनस कति दिन्छ ?
वि.सं.२०७९ वैशाख १ बिहीवार
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स कम्पनीको चैत्र २९ गते हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद गरी कूल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रकाशित समय : ११:५२ बजे





















