नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक , कुन खातामा कति ब्याज ?(लिस्टसहित)
वि.सं.२०७९ वैशाख १ बिहीवार
काठमाडौं । नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले मुद्दति निक्षेपमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । नबिल रेमिट्यान्स फिक्स्ड डिपोजिट खातामा १२.०३ प्रतिशत ब्याजदर तोकिएको छ ।
त्यस्तै, बैंकले विभिन्न बचत खातामा ६.०३ प्रतिशतदेखि ८.०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । नबिल प्रिमियम रेमिट्यान्स खातामा भने ९.०३ प्रतिशत ब्याज तोकिएको छ ।
प्रकाशित समय : १२:२७ बजे