back

चैते दशैंः राजधानीमा चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजना हुँदै

nactional life

काठमाडौं । चैते दशैंको अवसर पारेर चैत २३ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भईरहेकोे आयोजक संस्थाले जनाएको छ ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन ।

‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा चैते दशैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ ।

“मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन्,” इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने ।

सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ ।

मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ । ‘सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए ।

६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक पर्ने वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ । स्टक क्लियरेन्स मेला चैत २७ गते चैते दशैंका दिनसम्म सञ्चालन हुनेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...