back

माछापुच्छ्रे बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिसियु वार्ड हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यका साथ स्थापना गरेको उक्त २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।

चैत्र १ गते मंगलबार आयोजित एक कार्यक्रमकाबीच माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले सिसियु वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त सिसियु वार्ड हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंक संचालक समितीका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

 


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

वि.सं.२०८२ जेठ ७ बुधवार १०:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको...

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिकामा

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिकामा

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:१७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारलाई जारी राख्दै...

नाफिजको आयोजनामा बीमा सचेतना कार्यक्रम सुरु

नाफिजको आयोजनामा बीमा सचेतना कार्यक्रम सुरु

वि.सं.२०८२ जेठ ३ शनिवार १७:५५

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र...

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...