back

सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा

nactional life

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन १२ गतेदेखि काठमाण्डौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १२८ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१९

काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१,...

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१५

काठमाडौँ । नेपालको बैंकिङ प्रणालीमा अन्तर बैंक ब्याजदर नियन्त्रण र...

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ जेठ १८ सोमवार १७:५३

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा...

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

वि.सं.२०८३ जेठ १८ सोमवार १६:३९

नेपालगञ्ज (बाँके) । कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता...

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार १२:४१

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले...