back

प्रदर्शनीमा पहिलोपटक: वायुको प्रदूषण कम गर्ने कार

nactional life

काठमाडौँ ।  गुड्दै गर्दा वायुबाट प्रदूषण कम गर्ने कार ब्रिटेनको गुडवुड फेस्टिभल अफ स्पीडमा प्रदर्शनीमा राखिएको छ।ब्रिटिश डिजाइनर थोमस हिथरविकले निर्माण गरेको एरो कार सन् २०२३ मा चीनमा उत्पादन हुने बताइएको छ।

सो कार प्रदूषण कम गर्ने गरी मात्र नभई ठाउँको पनि बचत हुनेगरी बनाइएको हिथरविकले बताएका छन्।तर आलोचकहरूले यो कार प्रदर्शनीका लागि मात्रै उपयुक्त हुने भन्दै शङ्का व्यक्त गरेका छन्।

हिथरविक गुगलको क्यालिफोर्निया र लन्डनको कार्यालय एवम् लन्डनको रुटमास्टर बस डिजाइन गरेर विश्व चर्चित बनेका डिजाइनर हुन्।आफूले यसअघि कहिल्यै कार डिजाइन नगरेको तर चिनियाँ निर्माताको सोचले प्रभावित भएको बताए।

“म हुर्कँदै गर्दा नयाँ-नयाँ कारले नै डिजाइनलाई प्रतिनिधित्त्व गरेका थिए,” उनले भने। “चीनको आईएम मोटर्सले मसँग सम्पर्क राख्दा मैले भनेँ कि हामी कार डिजाइन गर्दैनौँ। जवाफमा उनीहरूले त्यही भएर हामीलाई डिजाइन गर्न लगाउन खोजेको बताए।”

गत एप्रिलमा साङ्घाई कार प्रदर्शनीमा पहिलोपटक देखाइएको सो कारमा ठूलो सिसाको छानो छ। भित्र भने कोठा जस्तो गरी यताउता सार्न र खाट बनाउन मिल्ने मेच र खाना वा बैठकका लागि सानो टेबुल छ।

यसको ह्यान्डल लुकाउन मिल्छ र बाहिर पानीको छालजस्तो बनाइएको छ। “कार निर्माताहरू विद्युतीय कार बनाउन लागिपरेका छन् तर नयाँ विद्युतीय कार फरक खालको उस्तै कार हुनु हुँदैन,” हिथरविकले भने।

एरोको बाहिरी भागले हावाको बहावलाई मात्रै प्रतिबिम्बित नगरी अगाडिको भागले एक वर्षमा एउटा टेनिसबल जति हावाको प्रदूषित कण सङ्कलन गर्ने हिथरविकले बताए।

“त्यो धेरै जस्तो सुनिँदैन तर तपाईँको फोक्सोमा टेनिस बल जति प्रदूषित कण सोच्नुभयो भने यसले वायु सफा गर्न मद्दत गर्छ भन्ने थाहा हुन्छ। चीनमा मात्रै लाखौँ यस्ता कार चल्दा यसले निकै प्रदूषण कम गर्छ।”

यो कार दुवै मानिसले चलाउन मिल्ने र आफै चल्ने खालको उत्पादन गरिने बताइएको छ।कार्डीफ बिजनेस स्कुलका प्राध्यापक पिटर वेल्सले भने: “म यो कारले अहिलेको समस्या समाधान गर्ने देख्दिनँ।” “यसले सहरी क्षेत्रमा वायु सफा गर्ने कुरा यति सानो हुन्छ कि त्यसलाई नाप्नै सकिन्न।”

यो कारको अर्को ठूलो सोच भनेको यसको भित्री भागको थप प्रयोग हो। “कोभिडले स्थानको अभाव देखाएको छ। हामी धेरै घरमा बसेका छौँ र पढ्न वा काम गर्न थप ठाउँ चाहिएको छ,” हिथरविकले भने।

“संसारभर एक अर्ब कार छन् जुन मानिसले १० प्रतिशत समय मात्रै प्रयोग गर्छन् जसका कारण कार बहुमूल्य जग्गा बन्न सक्ने अवस्था छ।”

विमानमा सुत्न, खान र काम गर्न मिल्ने प्रथम श्रेणीको सीटबाट प्रेरणा लिएको हिथरविकले बताए।”नगुड्दा कार सामाजिक गतिविधिको स्थल बन्न सक्छ।” यो कारको मूल्य लगभग ४०,००० पाउन्ड पर्ने बताइएको छ।- बीबीसी

२०७८ असार २७ गते प्रकाशित।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...