back

आरविवि म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि म्यचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २३ गतेदेखि खुल्ला गरिएको राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रवद्र्धित आरविवि म्युचुअल फण्डमा आजसम्म आवेदन दिने म्याद रहेको हो । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत १ अर्ब रुपैंया (१० करोड ईकाई) को आरविवि म्युचुअल फण्ड–१ असार २३ गते बुधबार देखि बिक्री खुल्ला गरेको थियो ।

यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहनेछ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रति ईकाई मुल्य १० रुपैंया रहेको म्युचल फण्डमा अधिकतम १ करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ ।

इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो शेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले  meroshare.cdsc.com.np मा गई आवेदन दिन सकिने छ । फण्डमा माग गरेजति आवेदन परेन भने साउन ६ गतेसम्म खुल्ला रहने छ ।

२०७८ असार २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:११

सोलुखुम्बु । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली...

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

वि.सं.२०८३ साउन ११ सोमवार २२:३४

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रस्थित कमेरोटार जग्गा एकीकरण...

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

वि.सं.२०८३ साउन ११ सोमवार १९:५२

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो चौथो रणनीतिक योजना सार्वजनिक गरेको...

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

वि.सं.२०८३ साउन ११ सोमवार १९:४६

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक...

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

वि.सं.२०८३ साउन ११ सोमवार १९:४३

काठमाडौं । अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी...