back
Naima

भदौ ९ देखि नाडा अटो शो, २०० स्टलमा २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्ड सहभागि हुने

काठमाडौं । नेपाली अटोमोबाइल बजारको ठूलो प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको अटो शोको यो १८औँ संस्करण हो। प्रदर्शनीमा अटोमोबाइलसँगै आयल तथा पार्टपुर्जा क्षेत्रका व्यवसायीले आफ्ना उत्पादन, सेवा र नयाँ प्रविधि सार्वजनिक गर्नेछन्।

यस वर्षको अटो शोमा साना तथा ठूला गरी २०० वटा स्टल रहनेछन्। प्रदर्शनीमा २२ ब्रान्डका पेसेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुने नाडाले जनाएको छ।

त्यस्तै, ८ नेपाली उत्पादकसहित कम्पोनेन्ट तथा अन्य सरोकारवाला क्षेत्रका ६९ व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन्।

नाडाका अनुसार अटो शोमा सहभागी हुन व्यवसायीको उत्साह बढेको छ। स्टलका लागि माग उच्च रहे पनि भृकुटीमण्डपमा उपलब्ध स्थान सीमित भएकाले सबै इच्छुक व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिन भएको आयोजकले जनाएको छ।

विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिताले यस वर्षको अटो शोमा नयाँ मोडल, प्रविधि र सेवाबारे जानकारी लिन उपभोक्ताले अवसर पाउनेछन्। विभिन्न ब्रान्डले नयाँ उत्पादन सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

वि.सं.२०८३ साउन २५ सोमवार ११:२१

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै, २१ लाखसम्म छुट र विशेष ड्राइभको अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै, २१ लाखसम्म छुट र विशेष ड्राइभको अफर

वि.सं.२०८३ साउन २५ सोमवार ०९:०७

काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नाइमा...

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:१८

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:००

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा...

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

वि.सं.२०८३ साउन २४ आइतवार १८:५८

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक...