back

टोयोटाले छिट्टै सार्वजनीक गर्दै नयाँ सेडान कार बेल्टा

काठमाडौं । टोयोटा किर्लोस्कर मोटरले भारतमा मारुती सुजुकी सियाजमा आधारित नयाँ सेडान कार लन्च गर्ने भएको छ । जापानी कार निर्माता कम्पनी टोयोटाले टोयोटाले भारतमा यारिसको विक्री बन्द गर्दै नयाँ सेडान कार ‘बेल्टा’ ल्याउन लागेको हो ।

टोयोटा र सुजुकी बीचको सहकार्यले भारतमा तिब्रता लिँदै गएको छ । यसअघि मारुती सुजुकी बलेनोमा आधारित ग्लान्जा ह्याचव्याक र कम्प्याक्ट एसयूभी ब्रेजालाई अर्वान क्रुजरको नामबाट टोयोटाले विक्री गर्दै आएको छ । टोयोटाले हालै मात्र बेल्टा नामको ट्रेडमार्क समेत भारतमा दर्ता गरेको छ ।

कम्पनीले बेल्टामा सियाजकै १।५ लिटर नेचुरल एस्पायर्ड फोर सिलिण्डर पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले १०५ पीएस पावर तथा १३८ न्यूटन मिटरको टर्क उत्पादन गर्छ । यस कारमा एसएचवीएस माइल्ड हाइब्रिड सिस्टम समेत रहने छ । यसमा ५ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटिक गियरबक्स अप्सन ग्राहकले पाउने छन् ।

टोयोटा बेल्टा कहिले बजारमा आउँछ भन्ने कम्पनीले आधिकारीक जानकारी दिएको छैन ।

२०७८ जेठ १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...