back

नयाँ रोयल इनफिल्ड क्लासिक ३५० बाइक लन्च हुँदै

काठमाडौँ । रोयल इनफिल्ड क्लासिक ३५० कम्पनीको बेस्टसेलिङ बाइक हो। यो बाइकको रेट्रो लुक निकै मन पराइएको छ।
कम्पनीले गत वर्ष यो बाइक सन् २०२० मा बीएस सिक्स इन्जिनका साथ पेस गरेको थियो। अब कम्पनीले यो बाइकको नेक्सट जेनेरेसन मोडल लन्च गर्ने तयारी गरेको छ।

नयाँ बाइकमा रोयल इनफिल्ड क्लासिक ३५० मा कम्पनीले मिटियर ३५० मा उपलब्ध गराइएको इन्जिनको प्रयोग गर्न सक्ने बताइएको छ। रोयल इनफिल्ड मिटियर ३५० बाइकलाई राम्रै रोस्पोन्स पाएको थियो।
नयाँ बाइकको लन्चको मिति भने हालसम्म तोकिएको छैन। तर आउँदो अगस्टमा नयाँ क्लासिक ३५० बाइक लन्च हुन सक्ने अनुमान गरिएको छ। यो बाइकमा ३४९सीसी सिंगल सिलिन्डर इन्जिन हुन सक्ने बताइएको छ।

नयाँ बाइकमा सबैभन्दा ठूलो परिवर्तन यसको इन्जिनमा हुन सक्छ। यो बाइकमा ३४९ सीसी नयाँ सिंगल सिलिन्डर एयर कुलर लङ स्ट्रोक इन्जिनका साथ पेस गरिने बताइएको छ। जसले २०।२ बीएचपीको पावर र २७ एनएमको पिक टार्क जेनरेट गर्न सक्छ ।

यो नयाँ बाइमा ५ स्पिड गियरबक्सका साथ लन्च गरिनेछ। यसमा राइडिङका क्रममा भाइब्रेसन हुने छैन। जसका कारण बाइक चलाउन निकै मज्जा आउने कम्पनीको दाबी छ।
नयाँ बाइकको मुख्य विशेषता भनेको यसमा ट्रिपर नेभिगेसन सिस्टमको प्रयोग गरिएको छ। जसका माध्यमबाट राइडर आफ्नो स्मार्टफोनलगायत अन्य फिचर्सको लाभ डिजिटल इन्ट्रमेन्ट कल्स्टरको मद्दतबाट उठाउन सक्नेछन्। यो बाइक यो रेन्जका अन्य बाइकहरुलाई कडा टक्कर दिने अनुमान गरिएको छ। – एजेन्सी

२०७८ जेठ १५ गते प्रकाशित


विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...