back

नयाँ रोयल इनफिल्ड क्लासिक ३५० बाइक लन्च हुँदै

काठमाडौँ । रोयल इनफिल्ड क्लासिक ३५० कम्पनीको बेस्टसेलिङ बाइक हो। यो बाइकको रेट्रो लुक निकै मन पराइएको छ।
कम्पनीले गत वर्ष यो बाइक सन् २०२० मा बीएस सिक्स इन्जिनका साथ पेस गरेको थियो। अब कम्पनीले यो बाइकको नेक्सट जेनेरेसन मोडल लन्च गर्ने तयारी गरेको छ।

नयाँ बाइकमा रोयल इनफिल्ड क्लासिक ३५० मा कम्पनीले मिटियर ३५० मा उपलब्ध गराइएको इन्जिनको प्रयोग गर्न सक्ने बताइएको छ। रोयल इनफिल्ड मिटियर ३५० बाइकलाई राम्रै रोस्पोन्स पाएको थियो।
नयाँ बाइकको लन्चको मिति भने हालसम्म तोकिएको छैन। तर आउँदो अगस्टमा नयाँ क्लासिक ३५० बाइक लन्च हुन सक्ने अनुमान गरिएको छ। यो बाइकमा ३४९सीसी सिंगल सिलिन्डर इन्जिन हुन सक्ने बताइएको छ।

नयाँ बाइकमा सबैभन्दा ठूलो परिवर्तन यसको इन्जिनमा हुन सक्छ। यो बाइकमा ३४९ सीसी नयाँ सिंगल सिलिन्डर एयर कुलर लङ स्ट्रोक इन्जिनका साथ पेस गरिने बताइएको छ। जसले २०।२ बीएचपीको पावर र २७ एनएमको पिक टार्क जेनरेट गर्न सक्छ ।

यो नयाँ बाइमा ५ स्पिड गियरबक्सका साथ लन्च गरिनेछ। यसमा राइडिङका क्रममा भाइब्रेसन हुने छैन। जसका कारण बाइक चलाउन निकै मज्जा आउने कम्पनीको दाबी छ।
नयाँ बाइकको मुख्य विशेषता भनेको यसमा ट्रिपर नेभिगेसन सिस्टमको प्रयोग गरिएको छ। जसका माध्यमबाट राइडर आफ्नो स्मार्टफोनलगायत अन्य फिचर्सको लाभ डिजिटल इन्ट्रमेन्ट कल्स्टरको मद्दतबाट उठाउन सक्नेछन्। यो बाइक यो रेन्जका अन्य बाइकहरुलाई कडा टक्कर दिने अनुमान गरिएको छ। – एजेन्सी

२०७८ जेठ १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४५

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका...

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस...

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४१

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको...

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:३९

भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...