वाइफाइ नेपालको बम्पर विजेता घोषणा, सिमराका विशालले जिते स्कुटर
वि.सं.२०८१ पुस २५ बिहीवार
काठमाडौं । बाराको सिमराका विशाल नेपाल वाइफाइ नेपालले दशैंको अवसरमा सञ्चालन गरेको दुई महिने बम्पर उपहार योजनाको विजेता बनेका छन् ।
विजेता बनेसँगै उनले सुजुकी एभेनिस स्कुटर पाएका छन् । वाइफाइ नेपालले दशैंको अवसरमा ‘दशैंको बहार खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार’ शीर्षकमा दुई महिने अभियान सञ्चालन गरेको थियो ।
योजनाका विजेता विशालको अनुपस्थितिमा उनकी आमा मिना नेपाललाई वाइफाइ नेपालका ब्रान्ड एम्बेसडर एवम् क्रिकेटर पारस खड्काले स्कुटर हस्तान्तरण गरेका हुन् ।
यो अभियानमा खल्ती डिजिटल वालेटले भुक्तानी साझेदारको रूपमा सहकार्य गरेको थियो ।
वाइफाइ नेपालको वीरगञ्जमा नयाँ शाखाको उद्घाटन
वाइफाइ नेपालले वीरगञ्जमा नयाँ शाखा विस्तार गरेको छ । वीरगञ्जमा नयाँ शाखा विस्तार भएसँगै नेपालभर भरपर्दो र किफायती इन्टरनेट सेवा पुर्याउने प्रतिबद्धतालाई अघि बढाएको कम्पनीले जनाएको छ।
प्रकाशित समय : १७:१७ बजे






















