back

लुयानको मनसुन अफर शुरु, स्कुटर किन्दा नगद छुट तथा एक्सेसरीज फ्रि

काठमाडौं । लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले लुयान मनसुन अफर शुरु गरेको छ ।

यस अफर अन्तर्गत लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद रु. १० हजार नगद छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्न्ेछन् । एउटा प्रिमियम हेलमेट र एउटा रेनकोट समेत ग्राहकले निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकहरुले प्राप्त गर्नेछन् ।यसका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइने कम्पनीले जनाएको छ । साथै फाइनान्सको सुविधा समेत पाउन सकिनेछ ।

यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाडौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीका सेल्स हेड शंकर शर्माले बताउनुभयो ।

ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ । लुयानका स्कुटरहरु IP67 रेटेड वाटर एण्ड डस्ट रेसिस्टेन्स भएकाले जस्तो सुकै बर्षामा पनि चलाउन मिल्ने खालको हुन्छ ।

लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग सिस्टम लगायत अत्याधुनिक प्रविधियुक्त फिचरको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको हामिले महसुस गरेका छौं ।

विगत ५ बर्षदेखि ‘जिरो इमिसन राइड (एन)’ ले ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र विश्वप्रशिद्ध ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरु नेपालमा आधिकारिक वितरकको रुपमा बिक्रिवितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको छ ।

राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले लुयान ब्राण्डका स्कुटरहरुको बिक्रिवितरण र बिक्रिपछिको सेवाको व्यवस्था मिलाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...