back

गोल्छा समूहले भित्र्याउँदै छ चिनियाँ नयाँ ब्राण्ड ‘खाई–यी’

काठमाडौं । ईभीको बजारमा चिनियाँ ब्राण्डको प्रभूत्व दिनानुदिन बढ्दै गएको छ । अब थप एक ब्राण्डको गाडी नेपाल भित्रिने भएको छ ।

‘खाइ–यी’ (कैयि) ब्राण्डको ‘एक्स थ्री प्रो’ कार नेपाल भित्रिन लागेको हो । यो ब्राण्ड चिनियाँ गाडी उत्पादक कम्पनी चेरी इण्टरनेशनलको सहायक कम्पनी ‘खाइ–युन’ले उत्पादन गर्छ ।नेपालमा गोल्छा अर्गनाइजेशन अन्तरगतको जिओ अटोमोबाइल्स प्रालिले उक्त कार नेपाल ल्याउन लागेको हो ।

जिओले आउँदो डेढ महिनाभित्र उक्त कार नेपाल भित्र्याएर काठमाडौँको थापाथली स्थित शोरुमबाट बिक्री थालिसक्ने बताएको छ । कम्पनीले शोरुम, सर्भिसिङ सेन्टरलगायत संरचना निर्माण गर्ने तयारी सुरु गरिसकेको कम्पनीले जनाएको छ ।

सन् २०२२ को मोडल अनुसार यो गाडीको लेन्थ ४४०० एमएम, चौडाई १८३१ एमएम, उचाई १६५३ एमएम र ह्‍विलबेस २६३२ एमएम रहेको छ ।

गाडीमा ५३ किलोवाट क्षमताको लिथियम आयोन फोस्फेट ब्याट्री रहेको छ । १६४ हर्स पावर क्षमताको मोटर जडित यो कार एक पल्ट फुल चार्ज गरेपछि ४०० किमीसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

गाडीको इन्टेरियर अत्यन्त आरामदायी रहेको कम्पनीको दाबी छ । पछाडीका सिटमा बस्नेहरुका लागि पर्याप्त ठाउँ, युएसबी पोर्ट, ११ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट स्क्रिन, वायरलेस चार्जर, याम्बियन्ट लाइटिङ लगायतका फिचरहरु गाडीमा रहेका छन् । ३६० डिग्री क्यामेरा पनि हुने नै भयो ।


हुण्डाईको नयाँ मूल्य सार्वजनिक, स्वदेशमै गाडी उत्पादन हुन थालेपछि साढे ४ लाख रुपैयाँसम्म घट्यो

हुण्डाईको नयाँ मूल्य सार्वजनिक, स्वदेशमै गाडी उत्पादन हुन थालेपछि साढे ४ लाख रुपैयाँसम्म घट्यो

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:५१

काठमाडौं । नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल...

पारामाउन्ट्स प्रा.लि. द्वारा नेपालमा वुलिङ्ग इभी बिक्री वितरण सुरु,के के छन् सुबिधाहरु ?

पारामाउन्ट्स प्रा.लि. द्वारा नेपालमा वुलिङ्ग इभी बिक्री वितरण सुरु,के के छन् सुबिधाहरु ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:३७

काठमाडौं । विश्व स्तरीय विद्युतीय गाडी वुलिङ्ग आधिकारिक आयातकर्ता एवम्...

डोङफेङको ‘नामी ०१’ नेपाल ल्याउँदै एमएडब्लू वृद्धि अटोकर्प, के के छन् विशेषता ?

डोङफेङको ‘नामी ०१’ नेपाल ल्याउँदै एमएडब्लू वृद्धि अटोकर्प, के के छन् विशेषता ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१२

काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्प प्रालि चिनियाँ सवारी उत्पादक समूह...

हुन्डाईको एसेम्बलिङ प्लान्टको औपचारिक उद्घाटन: नेपालमै गाडी उत्पादन सुरु

हुन्डाईको एसेम्बलिङ प्लान्टको औपचारिक उद्घाटन: नेपालमै गाडी उत्पादन सुरु

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:४१

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै हुन्डाईको...

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:१२

काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी...

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...