back

हुन्डाईको एसेम्बलिङ प्लान्टको औपचारिक उद्घाटन: नेपालमै गाडी उत्पादन सुरु

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट संचालनमा ल्याएको छ ।

विश्व प्रसिद्ध कोरियाली अटो निर्मााता कम्पनीले नेपालमै हुन्डाई ब्रान्डका गाडी नेपालमै एसेम्बल सुरु गरेको हो ।

शुक्रबार प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले हुन्डाईको एसेम्बलिङ प्लान्टको औपचारिक उद्घाटन गरिएको छ ।

नवलपरासी स्थित हुन्डाइको उक्त एसेम्बलिङ प्रधान्मन्त्री प्रचण्ड र हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्धक निर्देशक उनसू किमले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–६ मा १५ बिघामा एसेम्ब्लिङ प्लान्ट बनाइएको छ । हुन्डाई दक्षिण कोरियाको बहुर्राष्ट्रिय गाडी उत्पादक कम्पनी हो ।

नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको चारपांग्रे गाडी एसेम्बल गर्ने यो पहिलो कारखाना समेत भएको छ ।

कम्पनीले ६ महिनादेखि नै उक्त प्लान्टबाट हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू गाडीको परीक्षण उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएसँगै भेन्यूको व्यावसायिक उत्पादन पनि थालिएको कम्पनीले जनाएको छ ।

उक्त प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता ५ हजार ४०० थान छ । कारखाना निर्माणमा कर्पोसनले ५ अर्ब बढी लगानी गरेकोछ ।

सरकारले पनि बजेट मार्फत नै एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने र करमा सहुलियत दिने नीति ल्याएको छ ।

अहिले एसेम्बलको लागि ल्याइने सिकेडी किट आयात गर्दा भन्सारमा २५ प्रतिशत र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ ।


बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५९

काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी...

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०६

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीहरूका...

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

वि.सं.२०८२ वैशाख १० बुधवार १५:५९

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको...

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

वि.सं.२०८२ वैशाख ४ बिहीवार १८:१६

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’ औपचारिक रूपमा सार्वजनिक, अध्यक्षमा ऋतुसिंह वैद्य

अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’ औपचारिक रूपमा सार्वजनिक, अध्यक्षमा ऋतुसिंह वैद्य

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०४

काठमाडौँ । नेपालका अटोमोबाइल व्यवसायीको नयाँ सङ्गठन अटोमोबाइल आयातकर्ता तथा...

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

वि.सं.२०८१ चैत २८ बिहीवार १८:५६

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...