back
himalayan life

नयाँ कार किन्ने सोचाइमा हुनुहुन्छ भने यी मोडल आउँदै छन् नेपालमा

काठमाडौं । सरकारले आँठ महिनादेखि लाग्दै आएको आयात प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेसँगै विभिन्न गाडी बिक्रेताहरुले नयाँ गाडी नेपाल ल्याउने योजना बनाएका छन्। सरकारले पुष १ गतेदेखि गाडीहरुको एलसी खोल्न दिने निर्णय गरेको हो ।

यसका लागि उनीहरु उत्पादक कम्पनीहरुसँग तत्काल कुन मोडलको गाडीहरु सप्लाई छिटो गर्छन त्यहीअनुसार प्रक्रिया सुरु गर्ने योजनामा रहेका छन् ।

उनीहरुलाई उत्पादक कम्पनी आफैले यस बारेमा पत्रचार समेत गर्न थालेको छ। तर विश्व बजारमा गाडीका लागि आवश्यक चिप र स्पेयर पाट्र्सको अभावमा उत्पादक कम्पनीले गाडीहरु सप्लाई दिन सकिरहेका छैनन् ।

व्यवसायीका अनुसार सामान्य रुपमा सप्लाई राम्रो भएको अवस्थामा गाडीको एलसी खोलेको १ महिना देखि ३ महिनाको समयमा गाडी नेपाल आइपुग्ने गर्छ। तर सप्लाई राम्रोसँग नभएको खण्डमा गाडी कहिले नेपाल आउछ भन्ने कुरा उत्पादक कम्पनीकै भर हुन्छ ।

हुन्डाई
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सव फोर मिटर एसयूभी भेन्यूको फेसलिफ्ट मोडललाई नेपाल ल्याउने बताएको छ । यो एसयूभी भारतमा लन्च भएर पनि आयत प्रतिवन्धका कारण नेपाल आउन सकिरहेको थिएन । यो नयाँ कारमा हुन्डाइले थुप्रै नयाँ फिचर थप गरेको छ । जसका कारण भारतीय बजारमा नयाँ भेन्यू सेग्मेटकै उत्कृष्ट मोडल वनिरहेको छ । नेपाली बजारमा समेत यो आफ्नो सेग्मेन्टमा सफल वनेको मोडल हो ।

महिन्द्रा
सप्लाई चेनमा समस्या आएका कारण महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेटले सन् २०१९ को अन्त्यदेखि भारतमा बिक्री भइरहेको मेडल समेत नेपाल ल्याउन पाएको थिएन ।

कम्पनीले अब भने भारतमा सार्वजनिक भएका विभिन्न नयाँ मोडलहरु थार, एक्सयूभी ७००, बोलेरो नियो र स्कर्पियो एन तथा फेसलिफ्ट स्कर्पियो क्लासिक जस्ता मोडल नेपाल ल्याउने प्रक्रिया थाल्ने जानकारी दिएको छ । कम्पनीका अनुसार नेपालको माग र सप्लाई अनुसार एलसी खोल्ने तयारी गरिने छ ।

टाटा
सरकारले इन्धन गाडीको आयात प्रतिबन्ध खोलेपछि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीले पनि टाटाको गाडीहरु ल्याउने तयारी गरिरहेको छ । सिप्रदीले भारतमा निकै राम्रो व्यापार गरिरहेको पन्च माइक्रो एसयूभी सुरुमा नेपाल ल्याउने छ। गत बैशाख अन्तिममा तिर नै नेपालमा बिक्री सुरु गर्ने अपेक्षा गरिएको पन्च अब भने नेपाली बजारमा केही समयमा देख्न पाइने छ ।

कम्पनीले यो गाडी जनवरी तथा फेब्रअरी अन्तिमसम्ममा नेपाल आउने सक्ने जनाएको छ । सिप्रदीले प्रतिबन्धका कारण नेपाल ल्याउन नसकिएका नयाँ मोडलका गाडीहरुमा ह्यारियर अपडेटेड भर्सन र टाटा सफारीको नयाँ भर्सन पनि ल्याउने तयारीमा रहेको छ ।

फक्सवागन
जर्मन ब्रान्ड फक्सवागन गाडीको आधिकारिक बिक्रेता पूजा इन्टर्नेसनल प्रालीले भर्टस गाडीलाई नेपाल ल्याउन लागेको छ । यसलाई पनि आयात प्रतिबन्धले गर्दा कम्पनीले नेपाल ल्याउन पाएको थिएन ।

यो गाडी जर्मन अटोमेकर फक्सवागन र चेक ब्रान्ड स्कोडाले संयुक्त रुपमा उत्पादन गरेर ल्याएका हुन । भर्टस मोडुलर एमक्युबी ए९इन प्लेटफर्ममा आधारित स्कोडा फक्सवागन डुओबाट उत्पादित चौथो मोडेल हो ।

जीप
जीपले मे महिनाको अन्तिमतिर एसयुभी सेगमेन्टको गाडी मेरिडियन सार्वजनिक गरेको थियो । तर नेपालमा भने सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण यो गाडीलाई व्यवसायीले ल्याउन सकिरहेका थिएन ।

यो गाडी जीप कम्पासकै तेस्रो संस्करण हो। यस गाडी लामो ह्वीलबेसमा उपलब्ध हुनुका साथै फराकिलो र अग्लो पनि रहेको छ । कम्पास मोडेलमा आधारित भएपनि यसलाई बाहिरी स्वरुपमा कम्पासभन्दा फरक डिजाइनमा तयार पारिएको दाबी गरिएको छ। तर यसको इन्टेरियर डिजाइन भने धेरै हदसम्म कम्पाससँग मिल्दोपजुल्दो छ ।

चेरी
चेरी टिग्गो ८ प्रो नेपालमा सार्वजनिक भएपनि गाडी भने उपलब्ध छैन। यसलाई पनि सरकारले लगाएको आयात प्रतिबन्धले नराम्रोसंग असर पारेको थियो । तर अब भने कम्पनीका अनुसार यो गाडीहरु नेपाल ल्याउने तयारी थालिएको छ । यसको नेपालमा धेरै बुकिङ छन तर एलसी खोल्न प्रतिबन्ध लागेकाले आयात गर्न सकिरहेको थिएन ।

नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स रहेको छ । यसले हाल चेरी टिग्गो ८ प्रो र ७ प्रो जम्मा २ वटा मात्र नेपाल भित्र्याएको छ । त्यो पनि प्रतिबन्ध लाग्नु पहिले एलसी खोलिएको थिए ।

किया
यस्तै कियाको नयाँ गाडी किया क्यारेन्स पनि आयात प्रतिबन्धका कारण मारमा परेको थियो । तर कम्पनीका अनुसार हाल यो गाडी ल्याउनका लागि तयारी थालिएको छ ।

कम्पनीले आयात प्रतिबन्ध लाग्नु अगावै सूचना चुवाहट गरेर ६०० भन्दा धेरै गाडीको एलसी खवलेर गाडी आयात गरेको थियो। तर कम्पनीले उक्त आयात गरिएको ६०० गाडी बिक्री गर्न सकिरहेको छैन । यसलाई आयात प्रतिबन्धले असर नगरेपनि गाडी बिक्री नभएर मारमा परेको कम्पनीले जनाएको छ । अरुसँग गाडी नहुदा पनि यो कम्पनीले आफ्नो गाडीहरु बिक्री गर्न सकेन ।

मारुती सुजुकी
भारतमा लन्च भएर नेपाल आउन नपाएका मारुती सुजुकीका ४ नयाँ कार नेपाल आउनेछन् । सुजुकीका नयाँ अल्टो के१०, नयाँ व्रेजा, ग्रान्ड भिटरा र वलेनो फेसलिफ्टलाई आधिकारिक वितरक सिजी मोटो कर्पले नेपाल ल्याउन लागेको हो । यी चारवटै कार आ– आफ्नो सेग्मेन्टमा सर्बाधिक लोकप्रिय मानिन्छन् ।

सिट्रोन
यूरोपियन कार निर्माता कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको इन्ट्री लेभल एसयूभी सी३ नेपाल ल्याउने तयारी थालेको छ । नेपाल सरकारले गाडी लगायतका समान आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै यसको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले उक्त गाडीलाई नेपाल ल्याउन लागेको हा े।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...