back
himalayan life

नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ-ड्राइभिङ कार

काठमाडौं । नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले एडब्लुएस सेल्फ-ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका छन् ।

नेपालकै पहिलो अमेजन वेब सर्भिसेज् (एडब्ल्युएस) युजर ग्रुपले आयोजना गरेको एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा विद्यार्थीहरूले सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका हुन् ।

‘एडब्ल्युएस’ जस्तो ‘मल्टीबिलिअन वर्थ संस्था’का पाँच आधिकारिक कर्मचारीहरूले नेपालमा एडब्ल्युएस डीपरेसर प्रतियोगिता सम्पन्न गरेका हुन् ।

यसै क्रममा नेपालमै पहिलो पटक डिसेम्बर १० मा एडब्ल्युएस युजर ग्रुप नेपालद्वारा आयोजित यस एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा ३०० भन्दा बढीको सहभागीता रहेको थियो। सहभागीहरूमा अधिकतम क्लाउडमा कार्यरत व्यक्तिहरू तथा आईटीका विद्यार्थीहरु रहेका थिए ।

कम्युनिटी डेमा क्लाउडमा कार्यरत इञ्जिनियरहरूले क्लाउड सम्बन्धी विभिन्न विषयमा आफ्नो ज्ञान,अनुभव, र ह्याण्डस् अन डेमो प्रस्तुत गरेका थिए । च्याटबट, क्लाउडसेक्युरिटी, डाटा इञ्जिनियरिङ युजिङ एडब्ल्युएस आदि विषयका टेक्निकल सेसनमा सहभागीहरूले धेरै नयाँ कुराहरू सिक्ने मौका प्राप्त गरेको आयोजकले जनाएको छ।

कम्युनिटी डेको मुख्य आकर्षण एडब्ल्युएस डीपरेसर रहेको थियो । यस प्रतिस्पर्धामा सबै स्तरका डेभलोपरहरुले रिइन्फोर्समेन्ट लर्निङलाई अन्वेशन तथा प्रयोग गरेर आफैं सञ्चालन हुने कारलाई रेसिङ ट्रयाकमा उतार्ने अवसर पाए ।

जसमा न्युनतम समयमा पूरा ट्रयाक कभर गर्न सफल हुने बिजेता भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो।

पहिलो चरणमा १४० सहभागीहरूले एडब्ल्युएस डीपरेसर टिमबाट नै भर्चुअल ट्रेनिङ प्राप्त गरेर आफ्नो कोड भर्चुअल ट्रयाकमा प्रस्तुत गरेका थिए। टप १५ ले भने नेपालकै पहिलो एडब्ल्युएस फिजिकल डीपरेसर ट्रयाकमा नै रेस गर्ने मौका पाए।

कार्यक्रमको मुख्य प्रायोजक जेनिस सोलुसन रहेको थियो । नेपालमा पहिलो पटक एडब्ल्युएसलाई निम्त्याउने यस संस्थाले कम्पनीहरूको दक्षता बढाउन विभिन्न क्लाउड सम्बन्धी सेवा दिँदै आएको छ। त्यसै गरी एडब्ल्युएस कम्युनिटी दे सफल बनाउन मद्दत गर्ने अन्य प्रायोजक सफ्टारिका कलेज अी आईटी एण्ड ईकमर्स, भायानेट, रिनेज्ड इन्स्योरेन्स, जेनिस एकाडेमी, खल्ती र टेकसाथी रहेका थिए।

नेपालका एक मात्र एडब्ल्युएस एम्बास्डर तथा एडब्ल्युएस युजर ग्रुपको नेतृत्व गर्दै आएका अन्जनी फुयालले आफ्नो ४ वर्षको एडब्ल्युएस कम्युनिटी डे र डीपरेसर नेपालमा सम्पन्न गर्ने सपना पुरा भएको भन्दै खुशी व्यक्त गरे । उनी भन्छन्,’यो त एउटा सुरुवात मात्र हो, हामी एडब्ल्युएस युजर ग्रुप नेपालले आउने दिनहरुमा अरु पनि यस्तै उपयोगी र फलदायी योजना र कार्यक्रमहरु ल्याउनेछौँ।”

त्यसैगरी एडब्ल्युएस युजर ग्रुप नेपालको सहनेतृत्व गर्दै आएकी बर्षा भण्डारीले आफु आईटी क्षेत्रमा विशेषज्ञ नभए पनि कम्युनिटीको नेतृत्व गरेर आफ्नो करियर बनाउन सकेकी बताइन् । आईटी क्षेत्रका व्यक्तिका लागि त झन् धेरै अवसर र सम्भावना रहेको उनको भनाइ छ ।

एडब्ल्युएस युजर ग्रुप नेपालले सन् २०१८ देखि सक्रिय रुपमा विभिन्न मिटअप तथा वेबीनारहरु संचालन गर्दै आएको छ। यी कार्यक्रमहरूमा क्लाउड जान्न उत्सुक आईटीका विद्यार्थीहरू तथा क्लाउडमा काम गरिरहेका प्रोफेसनल्सहरूले क्लाउड विशेषज्ञहरूसँग ह्याण्डस् अन ट्रेनिङ र वोर्कशपहरु लिन सक्छन् ।

यति मात्र नभएर विश्व बजारमा आईटी क्षेत्रमा आफ्नो करियर बनाउनका लागि क्लाउड सम्बन्धी ट्रेनिङ तथा सर्टिफिकेसन कसरी लिने, कहाँबाट सुरू गर्ने, प्रशिक्षक कसरी खोज्ने लगायत अन्य जिज्ञासाहरूको पनि उत्तर पाउन सक्छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...