back
skip this Samagra

अबदेखि फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यमबाटै हेर्न सकिने

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको पहलमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयबाट दायर हुने फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यम मार्फत सार्वजनिक गरिने व्यवस्था मिलाइएको छ।

एशोसिएशनको अगुवाईमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमा अपलोड गर्ने कार्यको आइतबारबाट शुभारम्भ गरेको हो ।

यससँगै काठमाडौ जिल्लामा चल्ने फैजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिने छ । जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरु कार्यालय समयपछि वेबसाइटमा अपलोड हुने छन् ।

कुनै कसुरको अभियुक्त भइसकेपछि आफू विरुद्ध अनुसन्धानको क्रममा जुटाएका प्रमाणहरु केके छन्, म विरुद्ध कुन दफा लगाइएको छ भनी थाहा पाउने अधिकार प्रतिवादीको संवैधानिक अधिकार रहेको छ ।

संविधानले दिएको यहि अधिकारको पहुँच सरल तथा सहज रुपमा अभियुक्तका वकिल र मुद्दा सम्बन्धी सरोकार राख्ने हरेक सरोकारवालाहरु सम्म पु¥याउने उद्देश्यले अभियोगपत्र अनलाइन मार्फत सार्वजनिक गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले बताए ।

अदालतलाई प्रविधिमैत्री, नमुना र जनताको अदालत बनाउनुपर्छ भन्ने अवधारणा अपनाउँदै आएको र अनलाइन मार्फत फौजदारी मुद्दाको अभियोगपत्र जारी हुनु नै अदालत प्रविधि नजिक र जनता माझ पुगेको काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल)ले बताए ।

सो अवसरमा एशोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आर.सी. बिमल), उपाध्यक्ष पुरूषोत्तम अधिकारी, सचिव उज्जलराम श्रेष्ठ, सहसचिव अन्जु रेग्मी अर्याल, कोषाध्यक्ष सन्तोष भण्डारी, सदस्यहरू भीष्म निरौला, सूर्यबहादुर दौल्याल, चेतनाथ तिमल्सिना (चेतन) हरिओम लामिछाने, जीवन न्यौपाने, प्रविण हुमागाईँ, जिल्ला न्यायाधिवक्ता एवं प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरे, काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनी सहितको उपस्थिति रहेको थियो ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अनलाइन मार्फत अभियोगपत्र सार्वजनिक गर्नुले कानुन व्यवसायी मात्रै नभई, सेवाग्राही, सरोकारवाला सबैले हेर्न सक्ने छन् ।

उपत्यकामा देशभरका मानिसहरुको बसोबास भएका कारण काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले लिएको निर्णयमा आमजनताको पनि चासो रहेको छ ।


विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:४०

काठमाडौँ । केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा...

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:३४

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट...

कनेक्ट आईपीएसको अफर : अब स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाइने

कनेक्ट आईपीएसको अफर : अब स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाइने

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:००

काठमाडौं । कनेक्ट आईपीएसले स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाउन...

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:४८

काठमाडौं । बंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले...

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:४८

काठमाडौं ।  पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०८

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...