back
nactional

चालु आर्थिक वर्षमा ३ हजार बढी ईभी बिक्री हुने अनुमान,४ महिनामै भित्रिए १ हजार भन्दा बढी

काठमाडौं । कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा लगाइएको प्रतिवन्धका कारण विगत ८ महिना यता नेपालमा यस्ता गाडी आउन सकिरहेका छैनन् । यी गाडी नेपाल आउन नपाएपछि यसको सिधा फाइदा इलेक्ट्रिक कार आयातकर्तालाई पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल १ हजार १८ युनिट इलेक्ट्रिक कार आयात भएसँगै यो वर्ष यस्ता कारको बिक्री ३ हजार युनिट नाघ्ने अनुमान लगाइएको छ ।

जुन हालसम्मकै वढी युनिट हुनेछ । अघिल्लो आर्थिक वर्षमा १ हजार ५ सय युनिट हाराहारी इलेक्ट्रिक कार नेपाल भित्रिएका थिए ।

चालु आर्थिक वर्षको चार महिनामा सवैभन्दा बढी इलेक्ट्रिक कार भारतबाट आयात भएको छ । भारतबाट टाटा नेक्सन र टिगोर ईभी गरी कुल ६८९ युनिट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । भारतपछि कोरियाबाट यस्ता कार दोस्रो बढी संख्यामा नेपाल आएका छन् । यो अवधिमा कोरियाबाट कोना र आयोनिक ५ गरी कुल १६५ युनिट कार नेपाल आएका हुन् ।

तेस्रो धेरै युनिट चीनबाट आयात गरिएको छ । चीनबाट बीवाईडी, एमजी, नेटा भी लगायत ब्रान्डका कार आयात भैरहेका छन् । यो अवधिमा चीनबाट १६२ युनिट यस्ता कार आयात भएको उल्लेख छ । अमेरिकाबाट भने जम्मा २ युनिट टेस्ला आयात भएको देखिन्छ ।

यसरी आयात हुने कारको ठूलो हिस्सा १ सय किलोवाट भन्दा कम मोटर जडितले ओगटेको छ । उक्त मोटर क्षमतासम्मका कारमा जम्मा १५ प्रतिशतमात्र भन्सार दर लाग्ने नियमका कारण बजारमा यस्ता कारको माग समेत बढी छ । चार महिनामा आयात भएको इलेक्ट्रिक कारमध्ये जम्मा २५ युनिटमात्र एकसय किलोवाट बढी क्षमताका छन् ।

कम क्षमताका मोटर जडित इलेक्ट्रिक करको माग अत्यधिक संख्यामा भएपनि आयातकर्ता कम्पनीले सप्लाई भने गर्न सकिरहेका छैनन् ।

बजारमा अहिले पनि नेक्सन र टिगोर ईभी वुक गरेर वस्ने ग्राहक ५ सय हाराहारी रहेको बताइएको छ । टाटाले सप्लाइलाई सहज वनाएको अवस्थामा वार्षिक ३ हजार भन्दा बढी युनिट त यी कार नै विक्री हुने देखिन्छ । जसले ईभीको बजारलाई झनै गति दिने अनुमान गर्न सकिन्छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४४

काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा तीव्र प्रतिस्पर्धा...

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४२

काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५७

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी...

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३५

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर माग र प्रतिस्पर्धा बढ्दो...

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३१

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी...

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

वि.सं.२०८३ भदौ ३ बुधवार १५:५२

काठमाडौं । नेपालको चर्चित अटोमोबाइल प्रदर्शनी ‘एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स नाडा...