back

स्पोर्टी लुक र हाइटेक फिचर सहित आयो वागनआर फेसलिफ्ट मारुती सुजुकीको नयाँ मोडल,कति छ मूल्य?

काठमाडौं । २०२३ सुजुकी वागन आर फेसलिफ्ट अपडेट डिजाइन, स्पोर्टी लुक र हाइटेक फिचर सहित जापानमा लन्च गरिएको छ ।

सो मोडल नेपाल वा भारतको मोडल भन्दा फरक छ ।

सुजुकीले जापानमा वागन आरको ३ भेरिएन्ट वागन आर, वागन आर कस्टम जेड र वागन आर स्टिंग्रे लन्च गरेको छ । स्ट्यान्डर्ड वागन आरमा स्ट्यान्डर्ड हलोजन हेडल्याम्प उपलब्ध छ ।

जापानमा २०२३ सुजुकी वागन आर फेसलिफ्ट १२ लाख १७ हजार ७०० येन देखि १५ लाख ९ हजार २०० येन, वागनआर स्टिंग्रे १६ लाख ८८ हजार ५०० येन देखि १८ लाख ११ हजार ७०० येन र कस्टम जेड मोडल १४ लाख ७४ हजार येन देखि १७ लाख ५६ हजार ७०० येनसम्म उपलब्ध छ ।

नयाँ २०२३ मारुती सुजुकी वागन आरमा बक्सी डिजाइन दिइएको छ । यसको ग्रिल र टेलगेटमा पनि परिवर्तन गरिएको छ । स्टिंग्रे भेरिएन्टको लुक आक्रामक देखिएको छ भने कस्टम जेड वागन आर र वागन आर सिम्पल देखिन्छ । सो ३ वटै भेरिएन्टको रियर र साइड प्रोफाइल लगभग समान छ ।

नयाँ मोडलको इन्टेरियर पुरानो मोडलको जस्तै छ । इन्फोटेनमेन्ट स्क्रिन पनि मारुती सुजुकीका नयाँ कार बलेनो र ब्रेजामा जस्तै ९ इन्चको छ । सेफ्टीको लागि भने स्टिंग्रेमा एचयूडी, एडीएएस र ३६० डिग्री पार्किङ फिचर समावेश गरिएको छ ।

जापानमा लन्च गरिएको वागन आरमा ६६० सीसीको मोटर समावेश गरिएको छ, जुन पेट्रोल र माइल्ड हाइब्रिड कन्फिगरेसन दुवैमा उपलब्ध छ ।

यस इन्जिनको टर्बो भर्सन स्टिंग्रे र कस्टम जेडमा उपलब्ध छ । ट्रान्समिसनको लागि ५ स्पिड एमटी र सीभीटी समावेश छ । सीभीटी गियरबक्सको साथमा माइल्ड हाइब्रिड पावरट्रेनले २५.२ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ ।

मारुती सुजुकी वागन आर २०२३ अर्को वर्षको अन्त्यमा भारतमा लन्च हुने अपेक्षा गरिएको छ । साथै यसको फिचर पनि परिवर्तन गरिने छ ।भारतमा लन्च हुने मोडलमा भने केही परिवर्तन हुने अनुमान गरिएको छ ।

 


जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...