back

२५ प्रतिशत डाउन पेमेन्टमै लोकप्रिय मध्ये एक बाइक पल्सर २२०एफ : शुरुमा ९८,७२५ बुझाए पुग्ने

nactional life

काठमाडौं। नेपाली बजारमा सर्बाधिक लोकप्रिय मध्ये एक बाइक बजाज पल्सर २२०एफ अब २५ प्रतिशत डाउन पेमेन्टमै उपलब्ध हुने भएको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो आकर्षक अफर संचालनमा ल्याएको हो ।

नेपाली बजारमा उपलब्ध बजाज पल्सर २२०एफका दुई भर्सन मध्ये नन–एबीएसको मूल्य ३ लाख २९ हजार ९ सय र एबीएसको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ छ ।

२२०एफ एबीएस किन्न चाहने ग्राहकले पनि शुरुमा २५ प्रतिशतले हुन आउने रकम ९८ हजार ७२५ बुझाएमा बाँकी रकम २४ महिने किस्ताको रुपमा बुझाउन सकिन्छ ।

यसका साथमा सर्भिस चार्ज, सडक कर र पहिलो महिनाको किस्ता आदि बुझाएर बाइक लैजान सकिन्छ । बजाजको नेपालभर रहेका सबै शोरुममार्फत यो स्किम अन्तर्गतको बाइक लिन सकिने कम्पनीको भनाइ छ ।

बजाजका पल्सर सिरिज नेपाली बजारमा निकै नै लोकप्रिय मानिन्छन् । ती मध्ये पनि २२०एफ एबीएस धेरैको रोजाइमा परेको पाइन्छ । यसमा भएको २२० सीसी इन्जिनले २०.४ पीएस पावर र १९.१२ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा १५ लिटरको इन्धन ट्यांकी रहेको छ ।

विभिन्न आकर्षक कलरमा उपलब्ध यो बाइकमा भएका विभिन्न विशेषताका वारेमा यहाँ क्लिक गरी थाहा पाउन सकिन्छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...