back

यो हो फोर्डको अन्तिम इकोस्पोर्ट, चेन्नई प्लान्टबाट रोलआउटः के थियो कारण ?

काठमाडौं । इकोस्पोर्ट एसयूभीको अन्तिम युनिट फोर्ड इन्डियाको चेन्नई उत्पादन कारखानाबाट रोलआउट गरिएको छ । इकोस्पोर्ट एसयूभी अब यस प्लान्टमा उत्पादन गरिने छैन । फोर्डले सधैंको लागि भारतीय बजारको लागि आफ्नो बिक्री बन्द गरेको छ ।

फोर्ड इन्डियाले गत वर्ष सेप्टेम्बरमा भारतमा आफ्नो व्यापार बन्द गरेको घोषणा गरेको थियो । कम्पनीको भारतमा २ वटा प्लान्ट छ । एउटा गुजरातको अहमदाबाद नजिक सानन्दमा र अर्को तमिलनाडुको चेन्नई नजिकै अवस्थित छ । फोर्डले सानन्द प्लान्टबाट फिगो, फ्रिस्टाइल, एस्पायर र चेन्नई प्लान्टबाट इकोस्पोर्ट र एन्डेभर उत्पादन गरेको थियो । कम्पनीले अक्टोबर २०२१ मा सानन्द प्लान्टमा उत्पादन कार्य रोकेको थियो ।

कम्पनीको चेन्नई प्लान्ट भने अहिलेसम्म सञ्चालनमा रहेको छ । यद्यपि फोर्डको भारतमा पुनः सञ्चालन गर्ने कुनै योजना छैन । कम्पनीले यस वर्षको सुरुमा आफ्नो सानन्द कारखाना टाटा मोटर्सलाई बेचेको थियो । चेन्नई प्लान्ट पनि चाँडै बिक्री गर्ने अपेक्षा गरिएको छ।

फोर्ड इकोस्पोर्टको पेट्रोल भर्सनमा १.५ लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन उपलब्ध छ । सो इन्जिनले १२१ एचपीको पावर र १४९ एनएमको टर्क जेनेरेट गर्छ । साथै, १.५ लिटरको ४ सिलिन्डर इन्जिन डिजेलमा पनि उपलब्ध छ, जसले १०० एचपीको पावर र २१५ एनएमको टर्क जेनेरेट गर्छ । सो दुबै इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसन गियरबक्समा जोडिएको छ । यो एसयूभीमा ५२ लिटरको फ्युल ट्याङ्की जडान गरिएको छ ।

सो एसयूभीमा साइड कर्टन एयरब्याग, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, क्रुज कन्ट्रोल अटो डिमिङ इन रियर भ्यू मिरर, अटो वाइपर, पछाडिको सिटमा आर्म रेस्ट, लेदरको सिट कभर, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, रियर क्यामेरा, रियर वाइपर, डिफोगर, ड्युअल फ्रन्ट एयरब्याग जस्ता फिचर समावेश छन् ।

फोर्ड इकोस्पोर्ट नेपाली बजारमा समेत निकै नै रुचाइएको एसयूभी हो । तर अब सो एसयूभी बजारमा उपलबध हुने छैन ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...