back

महिन्द्राले सार्वजनिक गर्यो ५ फरक डिजाइनका एसयूभी टिजर

काठमाडौं । महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभीको टिजर जारी गरेको छ । महिन्द्राले यसअघि ३ वटा इलेक्ट्रिक एसयूभी लन्च गर्ने घोषणा गरेको थियो । महिन्द्राले १५ अगस्ट २०२२ मा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने भएको छ, यसलाई बोर्न इलेक्ट्रिक भिजन अन्तर्गत ल्याउन लागिरहेको छ ।

महिन्द्राले यसअघि एक्सयूभी४०० इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक गरेको थियो । नयाँ टिजरमा ५ फरक डिजाइनका एसयूभी देख्न सकिन्छ । यो बोर्न इलेक्ट्रिक अन्तर्गत ल्याइने ७ मोडल मध्ये ५ हुनेछ ।

सार्वजनिक गरेको टिजरमा एक्सयूभी९०० कुपे मोडल जस्तो देखिन्छ । साथै एक्सयूभी३०० को इलेक्ट्रिक भर्सन एक्सयूभी ४०० नामले ल्याउने भएको छ । कम्पनीले आगामी दिनमा यी इलेक्ट्रिक एसयूभीको नयाँ टिजर जारी गर्न सक्ने अपेक्षा गरिएको छ ।

महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभीमा सी–आकारको एलईडी लाइट र पछाडि एलईडी लाइट स्ट्रिप देख्न सकिन्छ ।

महिन्द्राले कन्सेप्ट कार सन् २०२५ सम्ममा उत्पादनका लागि तयार हुने पुष्टि गरेको छ । यो भन्दा पहिला कम्पनीले एक्सयुभी३०० इलेक्ट्रिक एसयूभी २०२३ को सुरुवातमा लन्च गर्ने योजना बनाएको छ । महिन्द्राले सन् २०२७ सम्ममा ८ वटा इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको छ ।

महिन्द्राले नयाँ ईभी सब्सिडियरी कम्पनी स्थापना गर्ने योजना बनाएको खुलासा गरेको छ । कम्पनीले बेलायतमा रहेको ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआईआई) सँग सम्झौता गरेको बताएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...