back

सवारीसाधन र स्पेयर पार्ट्स आयतमा लाग्दै आएको एलसी मार्जिन यथावत, अब कर्जामा कडाई र व्याजदर वढ्ने

काठमाडौं । राष्ट्र वैंकले आज जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नितीमा क्यास मार्जिनको प्रावधन यथावत राखिएको छ ।

राष्ट्र वैंकले अघिल्लो आर्थिक वर्षको अर्ध वार्षिकी समिक्षा गर्दै सवारी साधन आयतमा अनिबार्य ५० प्रतिशत र केही स्पेयर पार्ट्समा सत् प्रतिशतसम्म मार्जिन राख्नुपर्ने नियम ल्याएको थियो ।

सवारीसाधन आयत गर्दा खोलिने प्रतित पत्र(एलसी) मा कडाई गरिएपछि आयतकर्ता कम्पनीहरु अफ्ठेरोमा पर्दै आइरहेका थिए भने सत् प्रतिशतसम्म क्यास मार्जिन लागु गरिएका कतिपय स्पेयर पार्ट्सको आयत रोकिएको थियो । उक्त प्रावधानलाई निरन्तरता दिइएका कारण यो आर्थिक वर्षमा पनि गाडी तथा मोटरसाइकल र स्पेयर पार्ट्सको आयत सहज नहुने देखिएको छ ।

मौद्रिक निती जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले एलसीमा लागु गरिएको विद्यामान मार्जिनलाई पुनरावोलकन गर्दै लगिने बताएका छन् । यसले अर्ध वार्षिकी समिक्षासम्म पुरानै प्रावधन कायमै रहने देखिएको हो । उक्त समयपछि वैंकले चाहे यो प्रावधानलाई हटाउन सक्नेछ ।

यसैगरी वस्तुको आयतमा प्रावह हुने कर्जालाई कडाई गर्दै लगिने जारी मौद्रिक नितीमा उल्लेख गरिएको छ । उत्पादन मुलक क्षेत्रमा प्रवाह हुने कर्जाको व्याजदर कम गर्ने र अनुत्पादक क्षेत्रमा जाने कर्जाको व्याजदर बृद्धि गरिने समेत मौद्रिक नितीमा उल्लेख छ । यसले अटो लोनमा जाने कर्जाको व्याजदर अझै बृद्धि हुने देखिएको छ ।

विदेशी मुद्राको संचितीले ७ महिनासम्मको आयत धान्न सक्ने अबस्था नरहुन्जेल हाल कायम गरिएको गाडी तथा मोटरसाइकल लगायत अन्य सामान आयतमाथीको प्रतिवन्ध समेत कायमै रहने भनिएको छ ।

यसले गाडी तथा मोटरसाइकल कहिलेदेखी आयत हुन्छ भन्ने विषयमा समेत अन्योलता सिर्जना गरिदिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...