back

कृषि क्षेत्रमा बजेट कम भएको गुनासोः थप पाँच अर्ब बजेट माग

ललितपुर–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिका लागि थप पाँच अर्ब रुपियाँ बजेट माग गरेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ का लागि कृषिमा तोकेकाचे सिलिङ कम भएको भन्दै कृषि मन्त्रालयले अर्थ मन्त्रलायलसँग थप पाँच अर्ब माग गरेको हो । अर्थ मन्त्रालयले ३६ अर्ब २३ करोड ५१ लाख रुपियाँ बराबरको सिलिङ्ग तोकेको छ । कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा पनि कम बजेट दिने तयारी भएकाले बजेट थप गर्न माग गरेको बताए । उनले भने, “कृषिको समग्र विकासका लागि भने बजेट थप्नु आवश्यक छ । सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेकाले बजेट थपिने विषयमा विश्वस्त छौँ।”

कृषि विकास बैङ्कलाई समेत गरी चालू आर्थिक वर्षका लागि ४१ अर्ब ४० करोड रुपियाँ विनियोजन गरेको थियो । कृषि विकास बैङ्कको बजेट चार अर्ब रुपियाँ रहेको छ । चार अर्ब बैङ्कलाई दिएपछि कृषिका लागि ३७ अर्ब ४० करोड रुपियाँ अर्थ मन्त्रालयले खर्च
गरिरहेको छ ।

मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी अर्थ मन्त्रालयले गत वर्षजस्तै यसपटक पनि कोरोनाको बहाना बनाएर बजेट कटौती गरेको बताए । उनका अनुसार गत वर्ष बजेट कम हुँदा कृषिका कार्यक्रम कटौती भएको थियो । प्राप्त सिलिङअनुसार नै बजेट रह्यो भने यसपटक कृषिका कार्यक्रम थप कटौती हुने उनको भनाइ छ ।

सरकारले पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुने घोषणा गरेको छ तर बजेट कम हुँदा लक्ष्य हासिल गर्न सम्भव हुन नसक्ने कृषि सचिव कार्कीको भनाइ छ ।

उनका अनुसार आगामी वर्षका लागि तय हुँदै गरेको ३२ अर्ब रुपियाँ निकै अपुग हुन्छ । दूध, माछा, मासु र अण्डामा आत्मनिर्भरको घोषणा भइसकेको र धान तथा तरकारी पनि आत्मनिर्भर हुने लक्ष्य प्राप्तिका लागि पर्याप्त मात्रामा बजेट आवश्यक हुन्छ ।
माटोको गुणस्तर मापनका लागि विद्युतीय नक्सा बनाएर कार्यान्वयनमा ल्याउन, किसानको विवरण सङ्कलन गर्न, रासायनिक, मलकोे अभाव हुन नदिन समयमै मल खरिद गरी भण्डारणका लागि आवश्यक पूर्वाधार तयार गर्न युवालाई कृषिमा आकर्षित गर्नजस्ता नयाँ योजनाका लागि पनि थप बजेट आवश्यक पर्ने उनको भनाइ छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार २५ बिहीवार १२:३७

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६...

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

वि.सं.२०८३ असार २२ सोमवार १०:३४

विराटनगर । दुग्ध उत्पादन वृद्धि, किसानको उत्पादन लागत घटाउने र...

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

वि.सं.२०८३ असार २१ आइतवार १५:०५

काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ...

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

वि.सं.२०८३ असार २१ आइतवार १४:३९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको...

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

वि.सं.२०८३ असार १७ बुधवार १७:५९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु...