back
nactional
Naima

करोडौं बचत फिर्ता गर्न नसकेको एमएसआर सहकारीका सेवा केन्द्र बन्द हुन थाले

काठमाण्डौ । ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले बचतकर्ताहरुको करोडौं बचत रकम एक बर्ष यता देखि फिर्ता गर्न सकेको छैन ।

दिनहुँ बचत फिर्ताको लागि हारगुहार गरिरहेका सदस्यहरु अहिले सो संस्थाले खोलेका सेवा केन्द्रहरुमा समेत कर्मचारीले काम छोडेर भागिरहँदा थप अप्ठेरामा परेका छन् ।

सहकारी ब्यवस्थापनले दैनिक जसो आश्वासनको पोको थमाएर बचत माग्न आउने सदस्यहरुलाई पठाउने गरेपनि कर्मचारी अभावमा सेवा केन्द्र नै बन्द हुन थालेपिछि समस्या झन् बढेर गएको छ ।

झण्डै ४ हजार बचतकर्ता सदस्य रहेको सहकारीको ललितपुर ढोलाहिटीमा केन्द्रिय कार्यालय  रहेको छ भने ललितपुरकै सातदोबाटो, चापाउगाउँ, लुभु, संख्खु, गोटिखेलमा लगायत ठाउँहरुमा सेवा केन्दहरुमार्फत कारोबार गर्दै आएको छ ।

सहकारीमा समस्या सिर्जना भएको एक बर्ष यता तलब नपाएपछि सेवा केन्द्रका धेरैजसो कर्मचारीहरुले काम छाडेका छन् ।

जनताको झण्डै १० करोड बचत रहेको बुझिएको सो सहकारीको अध्यक्षमा स्वयम्भुराम जोशी छन् । विश्वस्थ स्रोतले बताए अनुसार अध्यक्ष स्वयम्भुराम जोशीको बदमाशीका कारण सहकारी संकटतर्फ उन्मुख भएको हो ।

सहकारी भएपनि लघुवित्त मोडलमा कार्य गर्दै आएको सो सहकारीका अध्यक्ष स्वयम्भुराम जोशीले गरेको आर्थिक अनियमितता र मनोमानीका कारण सहकारी ओरालो लागेको बताइन्छन् । कुनै समय समामुदायिक लघुवित्तको सिइओ रहेका जोशी त्यहाँपनि आर्थिक अनियमिततामा मुछिएपछि राष्ट बैंकको कार्वाहीमा परेर २९ दिन जेलको हावा खाएका थिए ।

सोही संस्थामा रहँदाको आर्थिक अनियमितताको कारण बैंकिग कसुरको मुद्धा उनीमाथी यधपी कायम रहेको स्रोतले बतायो । उनी भने धरौटीमा छुटेका हुन् ।

उनको सो मुद्धा अदालतबाट धेरैबर्षसम्म पनि फर्छोट भएको छैन । तिनै जोशीले लघुवित्तमा रहँदा जाने सिकेको ज्ञानको आडमा एमएसआर बहुउदेश्यिय सहकारीलाई लघुवित्त मोडलमा ढालेर ललितपुर जिल्लामा गतिविधि अघि बढाएका थिए ।

अहिले उनी माथी सो सहकारीमा अध्यक्षको हैसियतबाट करोडौको अनियमिता गरेर विभिन्न तौरतरिकाबाट ढाकछोप गर्न लागेको आरोप छन् । त्यस्तो रकम अध्यक्ष जोशी र उनका श्रीमती अध्यक्ष भएको संस्थाहरुमा लेनादेना देखाएर रकम मिलाएको बताइन्छ ।

जोशीले ब्यवस्थापकलाई समेत प्रभावमा पारेर आर्थिक चलखेल गरेको बुझिएको छ । दुइ बर्ष अघिसम्म श्रीमान श्रीमती भएर चलाएको सो संस्था समस्या आउन थालेपछि श्रीमतीलाई अलग गरी सञ्चालन गरिएको समेत बताइन्छ ।

यता बचतकर्ता महिलाहरुले अब संगठीत भएर सहकारी विभागमा उजुरी दिने बताएका छन् । बचत फिर्ता माग्न जाँदा ब्यवस्थापनका कर्मचारीहरु समेत नभेटिने र अध्यक्षसँग कुरा गर्न खोज्दा म होइन् अरुसँगै कुरा गर्नु, म त्यहाँ छैन भनेर पनि भन्ने गरेको बचतकर्ताहरु बताउँछन् ।

सहकारीले साधारणसभा समयमा गरेर सहकारी विभागमा पेश गर्नुपर्ने प्रतिवेदन सहितको हिसाव किताव हालसम्म बुझाएको छैन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: ४ हजार बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: ४ हजार बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन २५ सोमवार १७:०४

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब ४ हजार...

शिक्षक दिलबहादुरको कृषिकर्म : खोरियामा फुल्यो ‘ड्रागन’को सपना

शिक्षक दिलबहादुरको कृषिकर्म : खोरियामा फुल्यो ‘ड्रागन’को सपना

वि.सं.२०८३ साउन २४ आइतवार १२:३९

रामेछाप । दिनभरि विद्यालयको कक्षाकोठामा विद्यार्थीलाई पढाउने जिम्मेवारी । बिहान...

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१८

रौतहट । प्रकृतिकोे सानो कृपाको पर्खाइमा रहेका रौतहटका किसानमाथि दैवले...

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

वि.सं.२०८३ साउन २० बुधवार १६:१७

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो...

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०८

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति...

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४१

काठमाडौं । नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने...